www.tandavnews.com
Fact ~ In search of truth

पोखरा स्पोर्टस् अवार्ड २० गते : ७ विधामा अवार्ड वितरण गरिने, को को भए मनोनीत?

अर्जुन गाहा (सुशान्त),

पोखरा /ताण्डव न्यूज ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आगामी २० गते पोखरामा आयोजना गर्ने ‘पाँचौ पोखरा स्पोर्ट्स अवार्ड २०७६÷७७’ मा मनोनीत भएका खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरेको छ ।

Batas

पोखरामा आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न ४ विधामा मनोनयन भएका ९ खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरेको हो ।

उक्त कार्यक्रमको जानकारी दिदै मञ्चका अध्यक्ष एकराज गिरीले विभिन्न ७ विधामा अवार्ड वितरण गरिने बताए ।उनका अनुसार वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, लाईफटाईम अचिभमेन्ट अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड प्रदान गरिनेछ ।

अवार्ड राशि कति ?

गत वर्ष ‘कोभिड–१९’ कोरोना भाईरसको महामारीका कारण कार्यक्रम स्थगित भएपछि यस वर्ष २०७६÷७७ दुवैलाई जोडेर संयुक्त रुपमा गण्डकी प्रदेशको प्रतिनिधित्व हुने गरी अवार्ड प्रदान गरिने अध्यक्ष गिरीले बताए । उनका अनुसार वर्ष उत्कृष्ट खेलाडी (पुरुष) र महिला दुवैले समान ट्रफी, दोसल्ला सहित नगद रु २ लाख प्राप्त गर्नेछन् ।

यसैगरी वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलपत्रकार र वर्ष उत्कृष्ट खेलकुद संस्थाले समान ट्रफी तथा दोसल्ला सहित नगद रु ३५ हजार हात पार्नेछ । भने आईफटाईन अचिभमेन्ट अवार्डबाट एक अग्रज खेलाडीलाई ४० हजार बराबरको करुवा, ट्रफी, ताम्रपत्र तथा दोसल्लाले विभुषित गरिने अध्यक्ष गिरीले बताए ।

अध्यक्ष गिरीले मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीको संयोजकत्वमा गठित समितिले ४ विधाका खेलाडी मनोनीत गरिएको बताए । गिरीका अनुसार ज्ञवालीको टोलीले वर्ष उत्कृष्ट खेलाडी (पुरुष), वर्ष उत्कृष्ट खेलाडी (महिला), उदियमान खेलाडी र उत्कृष्ट प्रशिक्षकको नाम मनोननय गरेका हुन् ।

मञ्चले प्रदान गर्ने बाँकी विधाहरु लाईफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ र पत्रकारिता अवार्डको घोषणा अर्काे पत्रकार सम्मेलन गरी जानकारी दिने जनाएको छ ।

को को भए मनोनीत ?

वर्ष उत्कृष्ट खेलाडी (पुरुष) तर्फ करातेका नवीन रसाईली, टेबलटेनिसका विनेश खनियाँ र फुटबलका सुमन अर्याल मनोनीत भएका छन् । यसैगरी वर्ष उत्कृष्ट खेलाडी महिला तर्पm साईक्लिङका जमुना थापा, तेक्वान्दोका पार्वती गुरुङ र प्रशंसा क्षेत्री मनोनयनमा परेका छन् ।

उदीयमान खेलाडीतर्फ पौडीका दुवाना लामा, लनटेनिसका प्रदीप खड्का र क्रिकेटका विपिन खत्री मनोनीत भएका छन् भने वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ पौडीका आनन्द कुँवर, फुटबलका किरण श्रेष्ठ र बक्सिङका सुरेश मल्ल ठकुरी मनोनीत भएको आयोजक संस्थाका महासचिव विजय नेपालले जानकारी दिए ।

मनोनीत खेलाडी र प्रशिक्षक को हुन् ?

२. वर्ष उत्कृष्ट खेलाडी (महिला) तर्फ :

नवीन रसाइली

खेल : कराँते

जन्म : २०५५ वैशाख ३

बाबुआमा : पूर्णवीर/भीमदेवी रसाइली

ठेगाना : बोंगादोभान–२, बागलुङ, हाल : काठमाडौं १६, बालाजु ।

२०६६ मा बालाजु कराते डो एकाडेमीमा तालिम । सन् २०११ मा ब्ल्याक बेल्ट ।

२०१९ डिसेम्बर १ देखि १० सम्म भएको १३ औं सागमा ६७ केजी तौल समूहमा स्वर्ण ।

बंगलादेशमा भएको पाँचौ साउथ एशियन कराते च्याम्पियनसीपमा एकलतर्फ कास्य र टिम इभेन्टमा रजत पदक विजेता ।

विनेश खनियाँ

खेल : टेबलटेनिस

जन्म : २०६० असोज ७

बाबुआमा : गोविन्दराज/निर्मला खनियाँ

ठेगाना : दुराडाँडा १६, लमजुङ । हाल : वनस्थली–१६, काठमाडौं ।

सन् २०११ देखि खेल सुरुवात । शैक्षिक योग्यता : स्नातक उत्तीर्ण ।

१३ औं सागमा रजत (टिम) र कास्य पदक विजेता ।

२०१९ मा हंगेरीमा आयोजित वल्र्ड च्याम्पियनसीपमा सहभागिता ।

आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण (मेन्स डबल), रजत (मिक्स डबल्स्) र कास्य (मेन्स टिम) ।

सुमन अर्याल

खेल : फुटबल

जन्म : २०५६ चैत १८

बाबुआमा : थानेश्वर/नारायणी अर्याल

ठेगाना : नवलपुर जिल्ला ।

हाल : काठमाडौं ।

२०७३ सालमा साफ च्याम्पियनसीपमा पाकिस्तान विरुद्धको खेलमा नेपाली टिमबाट डेब्यु ।

१३ औं सागमा यु–२३ फुटबल प्रतियोगितामा च्याम्पियन ।

२. वर्ष उत्कृष्ट खेलाडी (महिला) तर्फ

जमुना थापा

खेल : साइक्लिङ

जन्म : कास्की, पोखरा ६, बैदाम ।

बाबुआमा : रामबहादुर/हरिमाया थापा ।

शिक्षा : प्लस टु ।

खेल सुरुवात : २०७० देखि

१३ औं सागमा डाउन हिल साइक्लिङतर्फ रजत पदक विजेता ।

गोरखामा आयोजित फस्ट लिगलिग साइक्लिङ म्याराथन (५४ किमी) प्रतियोगिताको समग्रमा नवौं स्थान तथा गण्डकी प्रदेशबाट कास्य पदक ।

२०७७ मा आयाजित प्रथम त्रिपिटक खेलकुद महोत्सवमा रजत पदक विजेता ।

पार्वती गुरुङ

खेल : तेक्वान्दो

जन्म मिति : २०६२ असोज १

बाबुआमा :ओमलाल/कुमारी गुरुङ

ठेगाना : दूधपोखरी गाउँपालिका ३, बेत्यानी, लमजुङ

हाल : काठमाडौं ।

२०७५ देखि नेपाल प्रहरीमा आबद्ध

खेल सुरुवात : ९ वर्षको उमेर हुँदादेखि चितवनबाट ।

शिक्षा : स्नातक प्रथम वर्ष ।

१३ औं सागमा २४–२९वर्ष उमेर समूहमा १ स्वर्ण र १ कास्य पदक विजेता ।

कोरियन एम्बास्डर नेश्नल तेक्वान्दो च्याम्पियनसीप (चौदेखि नवौंसम्म) हरेक पटक गोल्ड मेडल विजेता ।

राखेप च्याम्पियनसीपमा रजत, प्रथम लुम्बिनी नेश्नल च्याम्पियनसीपमा गोल्ड ।

आठौं राष्ट्रिय खेलकुदको ३ विधामा २ वटामा स्वर्ण र १ मा रजत ।

प्रशंसा क्षेत्री

खेल : तेक्वान्दो

जन्म मिति : २०५१ भदौ २५

बाबुआमा : पिनराज भण्डारी क्षेत्री/धनमाया भण्डारी क्षेत्री

ठेगाना : स्याङ्जा हरिनास गाउँपालिका–२, चिसापानी ।

खेल सुरुवात : मझेरी तेक्वान्दो डोजाङ पोखराबाट ।

१३ औं सागमा २४–२९वर्ष उमेर समूहमा तेक्वान्दोको पुम्से इभेन्टमा टिम इभेन्टतर्फ स्वर्ण पदक विजेता ।

आठौं राष्ट्रिय खेलकुदमा कास्य पदक विजेता । दोस्रो काठमाडौं इन्टरनेशनल गेम्समा स्वर्ण, १२ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीप, इटहरीमा स्वर्ण, प्रथम एभरेन्स्ट नेशनल ओपन गेम्समा रजत ।

३. उदियमान खेलाडीतर्फ

दुवाना लामा

खेल : पौडी

जन्ममिति : २०६३ असार ३०

ठेगाना : मनाङ, निसाङ गाउँपालिका ८

बाबुआमा : मुखिया/मेरी लामा ।

हाल : थाइल्याण्ड ।

खेल सुरुवात : ६ वर्षको उमेरदेखि ।

१३ औं सागमा २ रजत (एकलतर्पm)१३ औं सागमा ३ स्वर्ण (टिम रिलेतर्फ) (५० मिटर ब्रेस्टस्ट्रोक, २०० मिटर ब्रेस्टस्ट्रोक र २०० मिटर बटरफ्लाईतर्फ नेशनल रेकर्ड )

आठौं राष्ट्रिय खेलकुदमा ६ स्वर्ण र ४ रजत, सन् २०१९ मा बैंलोरमा भएको एशियन एजग्रुप लङ कोर्स च्याम्पियनसीपमा ५०,१०० र २०० मिटर ब्रेस्टस्ट्रोकमा राष्ट्रिय रेकर्ड कायम ।

प्रदीप खड्का

खेल : लनटेनिस

जन्ममिति :२०५५ वैशाख ७

जन्म स्थान : कास्की, पोखरा–५

स्थायी ठेगाना :सिस्नेरी ३, ओखलढुंगा

हाल : माल्दिभ्स ।

बाबुआमा : लालबहादुर/रत्नमाया खड्का ।

खेल सुरुवात : २०६५ सालदेखि ।

नेपालको पूर्व नम्बर टेनिस खेलाडी २०१९–२०२०

१३ औं सागमा टिम इभेन्टमा कास्य पदक विजेता । सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा गोल्डमेडल तथा आठौंतर्फ मेन्स सिंगलमा कास्य र मेन्स टिम इभेन्समा कास्य तथा मेन्स डबलतर्फ रजत ।

विपीन खत्री

खेल : क्रिकेट

जन्म : २०५४ मंसिर १०

बाबुआमा:तुलबहादुर/सीता खत्री

ठेगाना : कास्की, पोखरा–१४, चाउथे ।

जन्मस्थान : धनगढी ।

खेल सुरुवात : पोखरामा आयोजित यु–१९ क्रिकेट प्रतियोगितामा सहभागिता । गण्डकी प्रदेशको पुरुष सिनियर टोली कप्तान । सहभागिता : प्रथम प्रधानमन्त्री कप, इपिल, डिपीएल र पीपीएल । आठौं राष्ट्रिय खेलकुदमा गण्डकीबाट सहभागिता ।

मुख्यमन्त्री क्रिकेट कप, धनगढीमा दोस्रो । गण्डकीबाट प्रतिनिधित्व गर्दै हालसम्म प्रधानमन्त्री अन्तर्गत ४ पटकसम्म सहभागिता । प्रथम प्रधानमन्त्री कपमा उदियमान खेलाडी ।

४. उत्कृष्ट प्रशिक्षकतर्फ

आनन्द कुँवर

खेल : पौडी

जन्म : २०३२ कात्तिक १५

ठेगाना : कास्की, पोखरा– ६

हालसम्म ४ सय बढी खेलाडी उत्पादन ।

गण्डकी बोर्डिङ, पश्चिम पृतना हेडक्वार्टर विजयपुर, विभिन्न स्वीमिङ क्लबहरुमा स्वीमिङ प्रशिक्षक ।

आठौं साफ खेलमा स्वीमिङमा कास्य पदक विजेता (२०५६) प्रवल गोरखा दक्षिणबाहु पदकबाट विभूषित, वीरेन्द्र वीरविक्रम शाहद्वारा सन् १९९९ मा ।

किरण श्रेष्ठ

खेल : फुटबल

जन्म मिति :२०३३।३।३

ठेगाना : कास्की, पृथ्वीचोक, पोखरा ।

२०५० सालदेखि यु–१६ फुटबल खेल सुरुवात, सहारा क्लब पोखराको टिममा हेड कोच । ए डिभिजन लिग अन्तर्गत बौद्ध फुटबल क्लबमा हेड कोच । नेशनल लिग अन्तर्गत सुदूर पश्चिम फुटबल ब्लकमा हेड कोच । नेपालको राष्ट्रिय फुटबल टिम (पुरुष) मा सन् २०१८ देखि हालसम्म कोच ।

सुरेश मल्ल ठकुरी

खेल :बक्सिङ

जन्ममिति : २०२७ असार १५

ठेगाना : पोखरा–७, घारीपाटन ।

११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता –२०४४ मा छनोट भएसँगै आजसम्म निरन्तर बक्सिङमा आबद्ध । २२ वर्षदेखि प्रशिक्षण जारी । १३ औं सागमा प्रशिक्षक । सातदोबाटोमा आयोजित प्रथम यु १९ महिला तथा पुरुष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता, २०७६ मा गण्डकीको टिम च्याम्पियन । (३ स्वर्ण, २ रजत र ३ कास्य)

भारतको पटियालामा डिप्लोमा इन बक्सिङ कोर्स लिन सफल प्रियंका बर्माका प्रशिक्षक । सातौ र आठौं राष्ट्रिय खेलकुदमा गण्डकीबाट भाग लिएको टोलीको प्रशिक्षक ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.