www.tandavnews.com
Fact ~ In search of truth

पोखराः श्रीमतीको हत्या आरोपमा बरालडाँडाका देव बहादुर पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा आफ्नी श्रीमतीको हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । वडा नं २६ स्थित बरालडाँडा उपरजरे बस्ने ४७ वर्षकी देबी जिसी विकको हत्या गरेको आरोपमा ४९ वर्षीय देब बहादुर बि।क. पक्राउ परेका हुन् ।

विकलाई ईलाका प्रहरी कार्यालय शिसुवा मुकाम डाँडाकोनाक बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका विक विरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुर अन्तरगत कास्की जिल्ला अदालत मार्फत ७ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले बताए ।

Batas

विकले गत चैत १४ गते श्रीमतीमाथि कुटपिट गरी घाईते बनाएको र उपचारका लागि पश्चिम क्षेत्रिय अस्पताल पोखरा पठाइएकोमा मिति १५ गते उनको मृत्यु भएको थियो ।

मृतकका आफन्तले देव बहादुरले गरेको कुटपिटबाट ज्यान गएको भन्दै कास्की प्रहरीमा जाहेरी दिएका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.