www.tandavnews.com
Fact ~ In search of truth

३०० एम्पुल लागूऔषधसहित रुपन्देहीका विजय पोखराबाट पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देही कटहैमाई गाउँपालिका ५ छोटका मजगवाका २० वर्षीय विजय चौहान पक्राउ परेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

नारायणघाटबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ७७१५ नम्बरको बसमा सवार विजय पोखरा ३० पावरहाउ नजिक चेक गर्ने क्रममा लागूऔषध सहित पक्राउ परेका हुन् ।

उनको साथबाट फेनारगन १०० एम्पुल,डाईजापाम १०० एम्पुल र नोर्फिन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल लागु औषध बरामद भएको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.