www.tandavnews.com
Fact ~ In search of truth

डढेलो लाग्ने क्रम रोकिएन, देशका चार सय ४९ जंगलमा डढेलो

काठमाडौं ।

देशमा डढेलो लाग्ने क्रम अझै रोकिएको छैन ।

हाल देशका ४ सय ४९ वटा जंगलमा डढेलो लागिरहेको वन विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले जनाएको छ ।
अनुगमन प्रणालीको अनुसार अहिले ५५ जिल्लाका गरि चार सय ४९ वन क्षेत्रमा डढेलो लागिरहेको जानकारी दिएको छ ।

Batas

अहिले सबैभन्दा धेरै सुर्खेतका ३८ ठाउँमा डढेलो लागिरहेको छ । यस्तै दाङका ३१, प्युठानका २६ तथा चितवन र सल्यानका २४/२४ तथा बर्दिया र डोटीका २१/२१ ठाउँमा सक्रिय डढेलो रहेको छ ।

कैलाली, कञ्चनपुर, उदयपुरका, बाँके, कपिलवस्तु, मकवानपुरलगायतका जिल्लामा पनि अहिले सक्रिय डढेलो रहेको छ । वन विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको तथ्यांक अनुसार गएको पुसपछि मात्रै देशका सबै जिल्लामा गरी ३८ सय चार वटा ठाउँको जंगलमा डढेलो लागिसकेको छ ।

गएको बुधवार पानी परेपछि डढेलो कम भए पनि पुर्ण रुपमा निभ्न सकेको छैन ।डढेलोको कारण देशभर वायु प्रदूषण बढ्दा जनजिवन प्रभावित भईरहेको छ । अहिले वायु प्रदूषणको मात्रा केही घटे पनि जङ्गलमा डढेलो फैलने क्रम बढेकाले फेरि वायु प्रदूषणको जोखिम बढेको वातावारणविद्ले बताएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.