www.tandavnews.com
Fact ~ In search of truth

गोरखामा ट्र्याक्टरको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु

गोरखा ।

गोरखाको शहीद लखन गाउँपालिका–९ नाम्जुङमा आज ट्र्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा श्री सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्ययनरत १३ वर्षीय विवश ढकाल रहेको वडाध्यक्ष रामप्रसाद लामिछानेले बताए ।

Batas

घैरुङबाट नाम्जुङतर्फ जाँदै गरेको ग१त ४५८२ नंको ट्र्याक्टरले छेलाङे चोक नजिकै बिहानी कक्षा पढेर घर फर्कँदै गरेका बालक ढकाललाई ठक्कर दिँदा उनको मृत्यु भएको विद्यालयका प्रधानाध्यापक ऋषि लामिछानेले जानकारी दिए । घटनास्थल विद्यालयबाट करिब १०० मिटरको दूरीमा रहेको उनको भनाइ छ ।

घटनाको जानकारी पाएलगत्तै बङ्कोट प्रहरी चौकीबाट गएको प्रहरीले ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.