www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा थपियो ‘नयाँ बन्जी’: नयाँ वर्षको अवसरमा २५ प्रतिशत छुट

पोखरा,
ताण्डव न्यूज ।

पर्यटकीय नगरी पोखरामा शाहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित अर्को नयाँ बन्जी थपिएको छ । यस अघि पोखरा महानगरपालिका २५ हेम्जामा मात्रै बन्जी जम्प रहेको थियो ।

बन्जी नेपाल एड्भेन्चर्स प्रालिले ८ करोड़ २५ लाखको लागतमा नयाँ वर्षको आगमनसँगै आज (मंगलबार) देखि पोखरा महानगरपालिका १७, रातोपैरोमा सञ्चालनमा ल्याएको हो ।

Batas

बन्जी नेपालका अध्यक्ष सन्तोष भट्टराईले हिजो (सोमवार) मात्रै सफल परीक्षण पनि सम्पन्न गरेको बताउदै नयाँ वर्षको अवसरमा विशेष छुटसँगै सञ्चालनमा ल्याएको बताए । उनका अनुसार २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

अध्यक्ष भट्टराईले बन्जी जम्पको प्रतिव्यक्ति ६ हजार निर्धारण गरिएको बताए । उनका अनुसार सोही शुल्कमै जम्परले फोटो भिडियोको सेवा सुविधा पाउनेछन् ।

सन्तोष भट्टराई अध्यक्ष रहेको कम्पनीमा राजु कुंवर, अशोक गुरुङ, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल, कल्पना पौडेल, भूपाल बहादुर बराल क्षेत्रीको सँयुक्त लगानी रहेको छ ।

बन्जीको उचाई कति ?

क्यान्टिलिभर ब्रिजको डिजाईनमा बनाइएको ३५ मिटर अग्लो टावरको फेदबाट जम्पका लागि ५५ मिटर लामो प्लेटफर्म रहेको अध्यक्ष भट्टराईले बताए ।

उनका अनुसार बन्जीको २ वटा प्लेटफर्म नदी देखि १०१ र १०५ मिटर उचाईमा छन् । ‘दुई फरक उचाईमा जम्प गर्ने नेपालको पहिलो जम्प साइट पनि हो, अध्यक्ष भट्टराईले भने, ‘साधारण बन्जी १०१ मिटर अग्लो प्लेटफर्मबाट गराइने छ ।’

उनले बन्जी नेपालले निर्धारण गरे अनुसार र जम्परको माग अनुसार साइकल जम्प, बकेट जम्म टेण्डम जम्प लगायत विशेष जम्प गराईने बताए ।

आइएसओ स्टाण्डर्डमा निर्माण गरिएको अन्तर्राष्ट्रिय स्तरमा बन्जीको लोकप्रिय नाम ‘गो बन्जी’ सँगको फ्रेन्चाइज भएकोले सुरक्षित तरिकाले जम्प गर्ने सकिने सञ्चालक पक्षले जानकारी दिएको छ ।

विशेष सुरक्षा सावधानीमा मध्यनजर गर्दै पेट्जल र मामुट कम्पनीका हार्नेस लगायतका उपकरण प्रयोग गरिएको छ । कम्पनीले बन्जीसँगै रेस्टुरेन्ट तथा कफि सप समेत सञ्चालनमा ल्याएका छौं ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.