www.tandavnews.com
Fact ~ In search of truth

पहिलो चरणको खोप लगाएकालाई आजदेखि दोस्रो खोप दिइँदै

काठमाण्डौँ
ताण्डव न्यूज ।

सरकारले आजदेखि कोरोना भाइरसबिरुद्धको दोस्रो चरणको खोप लगाउँदैछ ।

यसअघि पहिलो चरणको कोभिसिल्ड खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप लगाइने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए । पहिलो चरणमा ४ लाख ३९ हजारले कोभिशिल्ड खोप लगाएका थिए । उनीहरूलाई मुलुकभरका ९ सय ५३ वटा खोप केन्द्रबाट दोस्रो मात्रा दिइने उनको भनाइ छ । ज्वरो आएका वा कुनै स्वास्थ्य समस्या भएका व्यक्तिले भने खोप लगाउन मिल्दैन ।

Batas

खोप लगाएपछि पनि दुरी कायम गर्ने, मास्क लगाउने, साबुनपानीले हात धुने बानी कायम राख्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.