www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय सभा सदस्य पदका लागि जेठ ६ गते उपनिर्वाचन

काठमाडौँ,
ताण्डव न्यूज ।

गृहमन्त्री रामबहादुर थापा बादललाई माओवादी केन्द्रले कारवाही गरेपछि रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि आगामी जेठ ६ गते उपनिर्वाचन हुने भएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि ६ महिना भन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन गर्नु पर्ने व्यवस्था भए अनुसार मिति तोकिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जनाए ।

Batas

आयोगले राजनीतिक दलहरुलाई राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनको लागि१४ गतेसम्म आयोगमा निवेदन दिन पनि भनेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.