www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश सभा बैठक अर्को सुचना नआइन्जेलका स्थगित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशको विशेष अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । जनमोर्चाले आफ्ना सांसद हराएकाले खोजी गरी पाउँ भनि निवेदन दिएपछि बैठक स्थगित भएको हो ।

आफ्ना सांसद खोजी पाउँ भन्दै जनमोर्चा सांसद पियारी थापाले निवेदन दिएकी थिइन् ।प्रदेश सभा सचिवालयको अनुसार अर्को सुचना नआइन्जेल बैठक स्थगित भएको हो ।

Batas

जनमोर्चाका सांसद खिमविक्रम शाही आजको बैठकमा अनुपस्थित रहेका थिए । उनको मोबाइल समेत अफ रहेको बताइएको छ । अहिले भने उनी चरक अस्पतालमा रहेको उनको स्वकीय सचिवले फेसबुक स्टाटस मार्फत जानकारी दिएका छन् ।

शाहीको स्वास्थ्यमा अचानक समस्या देखिए पछि उनी अस्पताल भर्ना भएको जनाइएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.