www.tandavnews.com
Fact ~ In search of truth

धादिङ अस्पतालको आपत्कालीन बाहेक सेवा बन्द

धादिङ ।

धादिङ अस्पतालमा कार्यरत १३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आपत्कालीन बाहेक सबै सेवा आजदेखि बन्द गरिएको छ ।

अस्पतालले विज्ञप्ति जारी गर्दै बहिरङ्ग सेवा बन्द गरेको छ । आपत्कालीन सेवा मात्र सञ्चालन गर्ने गरी अस्पताल खोलिएको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए ।

Batas

यही वैशाख १५ र १७ गते अस्पतालमा कार्यरत स्वाथ्यकर्मीको स्वाब संकलन गरी पठाइएकामा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसख््या मन्त्रालयको निर्देशनबमोजिम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सेवाग्राहीमा थप कोभिड संक्रमण बढ्न नदिन सावधानी अपनाउँदै ओपिडी सेवा बन्द गरिएको हो ।

अस्पतालले तत्काल स्वास्थ्योपचार गर्नुपर्ने तथा अत्यावश्यक अवस्थामा रहेका सेवाग्राहीलाई मात्र अस्पताल आई भीड कम गराएर कोभिडको जोखिम कम गर्नका लागि सहयोग गरिदिन अनुरोध गरेको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.