www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण, होम आईसोलेशनमा

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार गरिएको पीसीआर परीक्षणबाट प्राप्त नतिजा अनुसार मुख्यमन्त्री गुरुङमा संक्रमण पुष्टि भएको हो । कोरोनाको संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री सेल्फ आईसोलेशनमा बसेका छन् । उनको आरडिडि परिक्षण समेत पोजेटिभ आएको थियो ।

Batas

यसअघि, गण्डकी प्रदेशका ४ जना प्रदेशसभा सदस्यलाई पनि कोरोना संक्रमण भइसकेको छ । सांसदहरु राजीव पहारी, प्रभा कोइराला, मनकुमारी गुरुङ र खिमविक्रम शाहीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि पनि मुख्यमन्त्रीविरुद्ध संसदमा पेस भएको अविश्वास प्रस्तावमाथि छलफल गर्नुअघि नेकपा एमालेका सांसदहरुको मागमा सबै सांसदहरुको कोरोना परीक्षण भएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.