www.tandavnews.com
Fact ~ In search of truth

दिन दिनै नयाँ रेकर्डः देशभर ९ हजार १९६ जनामा संक्रमण पुष्टि

५० संक्रमितको गयो ज्यान

काठमाडौं,
ताण्डव न्यूज ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ ।

१९ हजार ९८७ जनाको पीसीआर परिक्षणबाट ९ हजार २३ र ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा १७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेश व्रिफिङको क्रममा जानकारी दिएको छ । योसँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेस्वर गौतमले बताए ।

Batas

पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ९०५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म २ लाख ९५ हजार ३९५ जनाले संक्रमण जितेका छन । नेपालमा संक्रमित थपिएसँगै निको हुने दर ७८.२ प्रतिशतमा पुगेको छ ।

त्यस्तै, ५० जनाको मृत्यु भएको छ । हालसम्म ३५ सय ७९ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भइसकेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.