www.tandavnews.com
Fact ~ In search of truth

कोरोना कहरमा कास्की प्रहरी : १८७ वटा सिलिण्डर अक्सिजन उद्योगलाई हस्तान्तरण

पोखरा
ताण्डव न्यूज ।

जिल्ला प्रहरी कार्यालय कास्कीले अस्पतालहरुमा अक्सिजन सिलिण्डरहरु संकलन गरी अक्सीजन कम्पनीहरुलाई हस्तान्तरण गरेको छ । आज करिब १८७ वटा सिलिण्डर शंकलन गरी हस्तान्तरण गरएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

अस्पतालहरुमा अक्सीजनको अभाव नहोस भन्ने उद्देश्य सहित बिभिन्न मेटल उद्योग, वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ लगायत अक्सिजन सिलिण्डर उपयोग हुने स्थानहरुबाट संकलन गरी अक्सिजन उद्योगलाई हस्तान्तरण गरिएको उनले बताए ।

Batas

जिल्ला प्रशासन कार्यालय कास्की, बिभिन्न अक्सिजन उत्पादन कम्पनी तथा स्थानीय जनप्रतिनिधिहरुसंगको सहकार्यमा सिलिण्डर संकलन गरिएको थियो । ती सिलिण्डरहरु पछि सम्बन्धित संस्था तथा कम्पनीहरुलाई नै फिर्ता गर्ने गरी हाल कोरोना संक्रमितको उपचारको लागि प्रयोग गरिने जनाईएको छ ।

संकलित सिलिण्डरहरु पोखरा अक्सिजन प्रा.लि. र कालिगण्डकी अक्सिजन प्रा.लि.लाई हस्तान्तरण गरिएको हो । कतै अक्सिजनको अभावले कोरोना संक्रमित बिरामीहरु मर्न नपरोस भन्ने उदेश्यका साथ पूर्व तयारी अनुरुप कम प्रयोजनमा रहेका अक्सिजन सिलिन्डरहरु संकलन गरी अत्यावश्य भएका अस्पतालहरुसंग सहकार्य गर्दै प्रयोग गरिने जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले बताए । साथै अन्य कम्पनी तथा व्यक्तिहरुसंग त्यस्ता अक्सिजन सिलिण्डरहरु मोज्दात रहेको अवस्थामा भने अक्सिजन उत्पादन कम्पनिलाई उपलव्ध गराई सहयोग गर्न समेत श्रेष्ठले आग्रह गरे ।

विश्वव्यापी महामारीको रुपमा रहेको नयाँ भेरियन्ट सहितको कोरोना भाईरसको संक्रमण नेपालमा पनि दिनप्रतिदिन बढ्दै गएको छ । कोरोना संक्रमितहरुको संख्या बढेसंगै उपचारको लागि अत्यावश्य मानिने अक्सिजन ग्यासको अभाव समेत देखा पर्न थालेको अवस्थामा कास्की प्रहरीले यस्तो काम गरेको हो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.