www.tandavnews.com
Fact ~ In search of truth

समयमा रगत नपाउँदा सुत्केरीको मृत्यु

संखुवासभा ।

सोमबार सुत्केरी बेथा लागेपछि सङ्खुवासभाको दुर्गम सिलिचोङ गाउँपालिका –३ की २६ वर्षीया सिर्जना कुलुङलाई ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरियो । केन्द्रमा भर्ना भएको केही घण्टामै कुलुङले साधारण रुपमै शिशु जन्माउनुभयो । जन्मिएको केही समयपछि सुत्केरीको रक्तश्राव हुन थाल्यो । अत्यधिक रक्तश्राव भएपछि उहाँलाई थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी पठाइयो ।

सदरमुकाम खाँदबारी लैजाने क्रममा सिलिचोङ ३ की उहाँको सोमबार राति ७ बजे मृत्यु भएको सिलिचोङ ३ का वडाध्यक्ष प्रतापसिंह तामाङले जानकारी दिनुभयो । जिल्ला अस्पताल खाँदबारी ल्याउने क्रममा खाँदबारी –१० चन्दनपुर आइपुगेपछि मृत्यु भएको वडाध्यक्ष तामाङले बताए ।

Batas

स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन आएकी कुलुङको अत्यधिक रक्तश्राव भएपछि ताक्कू प्राथमिक स्वास्थ्य केन्द्रले थप उपचारका लागि जिल्ला अस्पताल रेफर गरेको ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा भारती पण्डितले जानकारी दिए । शिशु जन्मिएदेखि नै अत्यधिक रक्तश्राव भएको र साल अड्किएपछि थप उपचारका लागि सदरमुकाम खाँदबारी लैजान रेफर गरिएको थियो ।

रक्तश्राव भएपछि उनलाई तत्काल रगतको चाहिने भएपछि ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध नभएकाले थप उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको उनका श्रीमान् बलिराम कुलुङले जानकारी दिए ।

सदरमुकामसँग सडक सञ्जाल नजोडिएको सिलिचोङमा गाडी आवतजावत हुन सक्दैन । कच्ची बाटो र समयमा एम्बुलेन्स नपाएका कारण श्रीमतीको बाटैमा निधन भएको बलिरामले दुखेसो पोखे । शिशुको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमले सुत्केरी तथा गर्भवतीलाई निःशुल्क उद्धार गर्ने गरे पनि दुर्गमका नागरिक अनभिज्ञ भएकाले यस्तो घटना भइरहेको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.