www.tandavnews.com
Fact ~ In search of truth

शान्ति दर्शन महिला समूहद्धारा निर्मित भवन उद्घाटन

पोखरा ।

पोखरा महानगरपालिका- ९ नयाँबजारको शान्ति दर्शन टोलमा शान्ति दर्शन महिला समुह द्धारा न निर्मित भवन तथा सार्वजनिक शौचालय उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले दियो बालेर भवनको उद्घाटन गरे । सांसद थापाको ४ लाख सहयोग, महेश्वर श्रेष्ठ र तिलक प्रधानको निर्माण साम्रागी सहयोगमा उक्त शौचालय निर्माण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सासंद थापाले समाज सुधारका लागि टोलवासी स्वयं आफै लाग्नुपर्ने बताए । उनले यसरी सामाजिक कार्यमा महिला समूह खटिएको देख्दा खुशी समेत व्यक्त गरे । थापाले उक्त भवन निर्माणको लागि ४ लाख र शोलार बत्ति जडानको लागि ४ लाख गरि जम्मा ८ लाख सहयोग गरेका थिए ।

Batas

कार्यक्रममा बोल्दै शान्ति दर्शन महिला समुहकी अध्यक्ष जगन गुरुङले टोल सुधार गर्नका लागि टोलवासी नै अघि बढ्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा सांसद थापा, महेश्वर श्रेष्ठ र तिलक प्रधानलाई भवन निर्माणका लागि गरिएको सहयोग प्रती आभार प्रकट गर्दै दोसल्ला ओडाएर सम्मान गरिएको थियो । सार्वजनिक शौचालय निर्माण कार्य तथा शोलार बत्ती जडान कार्यक्रममा खटिएका उक्त उपभोक्ता समितिका कार्यसमिति सदस्यलाई पनि दोसल्ला सहित सम्मान गरिएको थियो ।

महिला समुह अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष टिका पोखरेल र संचालन ईरा जमरकट्टेलले गरेकी थिइन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.