www.tandavnews.com
Fact ~ In search of truth

जनमोर्चाको ‘जुम मिटिङ’ : संसदीय दलको नेताबाट हटाइए ‘कृष्ण थापा’

पाेखरा
ताण्डव न्यूज । 

पार्टीले दिएको निर्देशन उल्लङ्घन गरेको भन्दै राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सभा सदस्य तथा जनमोर्चाको संसदीय दलका नेता कृष्ण थापालाई कारबाही स्वरूप संसदीय दलको नेताबाट हटाएको छ ।

महासचिव मनोज भट्टका अनुसार गत वैशाख १० गते बसेको दलको केन्द्रको बैठक र वैशाख १२ गते स्वयं थापाकै अध्यक्षतामा बसेको संसदीय दलको बैठकबाट नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी सहित मिलेर सरकार निर्माण गर्ने कार्यलाई समर्थन गर्ने गरी भएको निर्णयको विरुद्धमा कार्य गरेका कारण उनलाई कारबाही गरिएको हो ।

Batas

प्रदेश सभाका सभामुखलाई सम्बोधन गरी थापालाई कारबाही गरिएको बारेमा जानकारी गराउन लेखिएको तथा महासचिव भट्टाद्धारा हस्ताक्षर गरिएको पत्रमा पार्टी र संसदीय दलको निर्णयका विरुद्धमा काम गरेपछि संसदीय दलको नेताबाट हटाई अन्य आवश्यक कारबाही किन नगर्ने ? भनी स्पष्टीकरण सोधिएको भए पनि त्यसको जवाफ नआएका कारण कारबाही गरिएको जानकारी दिइएको छ ।

स्पष्टीकरण नआएपछि बुधवार दिउसो जनमोर्चाको केन्द्रीय सचिवालयको बैठक अनलाइन (जुम मिटिङ) मार्फत बसेर थापालाई कारबाहीको निर्णय गरेको हो।

संसदीय दलको नेताबाट हटाइएको बारेको विवरण सचेतक पियारी थापाले संसद् सचियावलयमा दर्ता गराइसकेकी छिन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.