www.tandavnews.com
Fact ~ In search of truth

इटालीमा केवलकार दुर्घटना, एक बालकसहित १४ जनाको मृत्यु

एजेन्सी ।

इटालीको उत्तरी क्षेत्र स्थित माजोरे ताल नजिकैको पहाडमा केवलकार दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

स्ट्रेसा बजारबाट यात्रुलाई पिड्मोन्ट क्षेत्रको मोतारोनी माउन्टेन लैजाने क्रममा केवलकार दुर्घटना भएको हो । केवलकार वन क्षेत्रमा काटिएका रुखमाथि खसेको हो । ज्यान गुमाउनेमा पाँचजना इजारायली रहेका छन् ।

Batas

पाँच र ९ वर्षका दुई बच्चालाई विमानबाट उद्धार गरी तुरिनस्थित अस्पताल लगिए पनि ९ वर्षको बच्चाको ज्यान गएको हो । केवलकार झण्डै २० मिटर तल जमिनमा खसेर ओरालोमा गुड्किएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.