www.tandavnews.com
Fact ~ In search of truth

पोखरा : जेठभित्रै आकाशे पुलबाट आहोरदोहोर

जीवन सुवेदी
पोखरा,ताण्डव न्यूज ।

पोखराको सिर्जनाचोकमा निर्माणाधिन आकाशे पुल यहि जेठ महिनाभित्र निर्माण पूरा हुने भएको छ ।

जेठ महिनाभित्र पुल निर्माण कार्य पूरा गर्ने गरी काम अघि बढिरहेको पोखरा महानगरका मेयर मानबहादुर जिसीले ताण्डव न्यूजलाई बताए । “सुरक्षा सावधानी अपनाएर काम जारी राखेका छौँ” उनले भने “यहि महिना भित्र सक्नेगरी काम भैरहेको छ” । कोरोना महामारीका कारण केही ढिलाई भएपनि जेठको अन्तिमसम्म पुल निर्माण कार्य सकिने जिसीको भनाई थियो । मेयर जिसीले अब पिलरहरु कस्ने रंग रोगनको मात्र काम बाँकी रहेको बताए ।

Batas

निषेधाज्ञाकै बीच पनि पुलको निर्माण कार्य जारी छ । उक्त आकासे पुल फलामको प्रयोग गरी बनाईँदैछ । खासगरी फलाम वेल्डीङका लागि अक्सिजनको आवस्यकता पर्दछ । काम गर्दै गरेका करिब ८ ÷९ वटा सिलिण्डरहरुमध्ये एउटामात्र बाँकी राखेर सबै अक्सिजन सिलिण्डर अस्पताल लगिएको भएपनि काम भने रोकिएको छैन । हाल आफूहरुसंग एउटामात्र सिलिण्डर भएपनि त्यसैले काम चलाईरहेको पुलमा कार्यरत मजदुरहरुले जानकारी दिए ।

विकास निर्माणका कामलाई निरन्तरता दिन थोरै अक्सिजन सिलिन्डर मात्रको प्रयोग गरेर भए पनि विकास निर्माणका काम भने निरन्तरता दिइएको हो । निषेधाज्ञा, विद्युत पोल स्थान्तरणको प्रकृया लगायतका कारण निर्माण कार्यमा केही ढिलाई भएको महानगरले जनाएको छ । उक्त पुल २०७६ मंसिर २७ गते शुक्रबारका दिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र महानगरका मेयर मानबहादुर जिसीले संयुक्तरुपमा शिलान्यास गरेका थिए ।

महानगरपालिकाबाट विनियोजित २ करोड र स्व रबीन्द्र अधिकारीले संसदिय कोषबाट विनियोजन गरेको ५० लाख गरी अनुमानित २ करोड ५४ लाख ४२ हजार ९भ्याट सहित० लागतमा पुलको निर्माण २०७७ साउन २७ गते भित्र सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।

पुलको केएमजेबी एनएस पोखरा १७ सँग सो सम्झौता भएको थियो । ‘स्टील ट्रस पेडेस्ट्रेन ओभरहेड ब्रीज’ को रुपमा पुल निर्माण भएको हो । पुलबाट चारै दिशामा जान मिल्ने गरी बनाईएको छ । पुल निर्माणपछि यात्रुहरुलाई बाटो काट्न र ट्राफिक व्यवस्थापनमा सहज हुने विश्वास गरिएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.