www.tandavnews.com
Fact ~ In search of truth

भारतले भन्योः नेपाल आफ्नो समस्या समाधानका लागि आफै सक्षम छ

काठमाडौं/ताण्डव न्यूज ।

नेपालमा पछिल्लो समयमा भइरहेको राजनीतिक परिघटनाबारे दक्षिणी छिमेक भारतले आफ्नो प्रतिक्रिया दिएको छ ।

प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन घोषणा लगायतका विषयसँग जोडिएको प्रश्नमा भारतले यो नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको हो ।

Batas

बुधवार नयाँदिल्लीमा भएको नियमित पत्रकार भेटघाटमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले नेपालमा विकास भइरहेको घटनाक्रमलाई भारतले नजिकबाट नियाले पनि त्यो उसको आन्तरिक मामिला भएको टिप्पणी गरेका हुन् ।

नेपाल आफ्नो समस्या समाधान गर्न सक्षम रहेको भन्दै बागचीले भने, ‘नेपाल आफ्नै लोकतान्त्रिक प्रक्रियाभित्रबाट समस्या समाधान गर्न सक्षम छ भन्ने भारतको विश्वास छ ।’

नेपालको शान्ति, समृद्धि र स्थायित्वका लागि साथ दिन छिमेकी मित्रराष्ट्रका रुपमा भारत तयार रहेको पनि उनको भनाइ थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.