www.tandavnews.com
Fact ~ In search of truth

विपन्न संक्रमितको उपचार खर्च बेहोर्दे फेदीखोलागाउँपालिका

स्याङ्जा ।

फेदीखोलागाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका गाउँपालिकावासीलाई आर्थिक सहयोग गर्ने भएको छ ।

कोभिड–१९ को दोस्रो संक्रमण बढ्दै गएको अवस्थामा पनि गाउँपालिकामा संकमण देखिएका बिरामी स्वास्थ्य परीक्षणमा चासो नदेखाएको र आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या आएको भन्दै गाउँपालिकाले पालिकावासीलाई उपचारमा हौसला प्रदान गर्न आर्थिक सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

Batas

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बजेट अभावमा उपचारमा समस्या नहोस् भनेर अर्थिक अवस्था कमजोर भएका पालिकावासीलाई उपचारमा सहयोग पुगोस् भनेर १५ हजारसम्म दिने निर्णय भएको बताए ।

अध्यक्ष सुवेदीले भने, ‘कोरोना पोजेटिभ देखिए पनि आर्थिक अभावमा अस्पताल नगएर घरमै थलिएर बसेको अवस्थामा पालिकाले दिने उपचार खर्चले सहयोग पुग्छ र यसले सङ्क्रमणलाई लुकाउने कार्यमा कमी आउँछ ।’

बिरामीले अस्पतालमा स्वास्थ्योपचार गराएको कागजपत्रका आधारमा गाउँपालिकाको कार्यालयमा उपचार खर्च गरेको अवस्थामा रकम उपलब्ध गराउने अध्यक्ष सुवेदीले बताए ।

गाउँपालिकाका प्रशासकीय प्रमुख चिरञ्जीवी बरालले गाउँपालिकाभित्र ४९ जना संक्रमित रहेको र जसमध्ये नौजना संकमण निको भएर घर फर्किएको र एकजना संक्रमित महिलाको मृत्यु भएको जानकारी दिए ।

गाउँपालिकाले कोरोना महामारीमा स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यअनुसार पालिकाभित्र दुईओटा एम्बुलेन्स सञ्चालनमा ल्याएको र कोरोना संक्रमित बिरामी र सुत्केरीको उपचारका लागि छुट्टाछुट्टै एम्बुलन्सद्वारा निःशुल्क सेवासमेत दिँदै आएको प्रशासकीय प्रमुख बरालले बताए ।

गाउँपालिकाले २० श्ययाको अक्सिजनसहितको अस्पताल सञ्चालनमा ल्याएको र कोरोना संक्रमितहरूलाई संक्रमितको घरघरमै पुगेर औषधिसमेत वितरण गर्दै आएको गाउँपालिकाले जनाएको छ । जिल्लामा यो समाचार तयार पार्दासम्म कूल एक हजार ८४२ जना संक्रमित भएका छन् भने ३२० जना निको भएर घर फर्किएका छन् ।

मृत्यु हुनेको संख्या ७९ पुगेको छ भने विभिन्न ६४ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी मित्रप्रसाद अर्यालले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार होम आइसोलेशनमा एक हजार ३४३ छन् भने क्वारेन्टिनमा ३६ जना छन् । जिल्लामा २९७ आइसोलेशन शैय्या र २४९ अक्सिजन सिलिण्डर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.