www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीविरुद्धका रिटमा आजबाट सुनुवाइ हुने

काठमाण्डौँ
ताण्डव न्यूज ।

प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेका रिटमाथि आजबाट सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा परेका ३० मध्ये १९ रिटको आज पेशी तोकिएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिशमा यही जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी आगामी कात्तिक र मंसिरमा मध्यावधि चुनाव घोषणा गरेकी थिईन । उक्त कदमका विरुद्ध विपक्ष गठबन्धनका १ सय ४६ सांसदसहित कानुन व्यवसायीले ३० वटा रिट दायर गरेका छन् ।

Batas

३० रिटमध्ये ११ वटा संवैधानिक इजलासमा र १९ वटा साधारण इजलासमा सुनुवाइ तोकिएको छ । ११ रिटमाथि भोलि संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।

विपक्षी दलका तर्फबाट रिट दर्ता गराउँन कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलसहित सांसदहरू सर्वोच्च पुगेका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.