www.tandavnews.com
Fact ~ In search of truth

ग्यास पड्किँदा आमाछोरा घाइते

चितवन ।

भरतपुर महानगरपालिका– १० स्यालीबजारमा आज ग्यास पड्किँदा आमा छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा स्थानीय ३४ वर्षीया शर्मिला आचार्य र उनका १६ वर्षीय छोरा आयुष आचार्य छन् ।

घाइते दुवै जनाको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनका अनुसार आगलागीबाट ग्यास सिलिन्डर दुई थान, फ्रिज एक थान, चुलो एक थान, भाँडावर्तन र भान्सा कोठामा प्रयोग गरिएको जिप्सनमा क्षति पुगेको छ ।

Batas

खाना बनाउने क्रममा ग्यास पड्किएपछि घरमा आगलागी भएको छ । आगो स्थानीय, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.