www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका ३ सहित गण्डकीमा १६ संक्रमितले गुमाए ज्यान

पोखरा/ ताण्डव न्युज ।

कास्कीका ३ सहित गण्डकी प्रदेशमा १६ जना संक्रमितले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा म्याग्दीका १,पर्वतका १,तनहुँका २,बागलुङका १, स्याङ्जाका ३ र नवलपरासीका ४ जना रहेका छन् ।

Batas

कास्कीमा ज्यान गुमाउने मध्ये माछापुच्छ्रे गाउँपालिका २ का ६३ वर्षीय पुरुषको होम आइसोलेसनमा ज्यान गएको हो । भने पोखरा १३ का ४८ वर्षीय पुरुष र पोखरा ५ का ७२ वर्षीय संक्रमित महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको हो ।

प्रदेश बाहिरको जिल्ला रुपन्देहीका एक संक्रमित पुरुषको पोखरामा उपचारको क्रममा ज्यान गएको छ ।यो सँगै प्रदेशमा कोरोनाबाट ज्यान जानेको संख्या ६९४ पुगेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.