www.tandavnews.com
Fact ~ In search of truth

बाम्दीः राखेपको लागतमा फुटबल मैदान निर्माण सुरु

अर्जुन गाहा (सुशान्त)
पोखरा/ ताण्डव न्यूज ।

पोखरा महानगरपालिका वडा २३ मै पहिलोपटक फुटबल मैदान निर्माण थालिएको छ ।

बाम्दी स्थित वडा नं २३ को वडा कार्यालय क्षेत्रमा राष्ट्रिय खेलकुद परिषदको लागतमा (हिजो) मंगलबार फुटबल मैदान निर्माण सुरु गरिएको हो ।

Batas

सो मैदान निर्माणका लागि पहिलो चरणमा १० लाख बजेट विनियोजन गरिएको राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले बताए । उनले पहिलो चरणमा पर्खाल सहित मैदान सम्याईने बताउदै दोस्रो चरणका लागि थप बजेटका लागि पहल गर्ने बताए ।

स्थलगत अवलोकनमा पुगेका सदस्य गुरुङले स्थानीयसँग बोल्दै उक्त क्षेत्रमा मैदान तयार भएपछि फुटबल प्रशिक्षणका लागि समेत सहयोग गर्ने उल्लेख गरे । गुरुङले पछिल्लो समय खेलुकदमा परिवर्तन भएको बताउदै सो क्षेत्र भलिबलको पकड भएपनि अब देखि फुटबलमा पनि विकास हुनेमा विश्वास व्यक्त गरे ।

गुरुङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने जिम्मा गण्डकी प्रदेशलाई रहेको बताउदैँ सो मध्येको कुन एक खेललाई बाम्दीमा सञ्चालन गर्न पहल गर्ने उल्लेख गरे ।

उनले निर्माणको जिम्मा लिएको लाई काम पूर्ण रुपमा सम्पन्न गर्नका लागि निर्देशन दिए । ‘पहिला पनि बनाउँछु भनेर एउटाले यहाँको सामान लगेर स्थानीयलाई तर्साए रहेछ । उनले भने, ‘युवराज भाईलाई म के भन्छु भने मोही माग्ने ढुङ्ग्रो लुकाउने काम नगरेस । काम गर्दा नाफै हुन्छ भन्ने हुदैन । सामाजिक काम गरेसी पुरा गर्नुपर्छ ।’

त्यस्तै सोही अवसरमा बोल्दै पोखरा २३ का वडा अध्यक्ष विष्णु प्रसाद पराजुलीलेनवनिर्मित फुटबल खेल मैदानले वडाको मुहार परिवर्तन गर्नेमा विश्वास व्यक्त गरे । उनले राष्ट्रिय खेलकुद परिषदको बजेटमा आफ्नो वडामा फुटबल मैदान निर्माण गर्नका लागि बजेट विनियोजन गर्नमा सहयोग पुर्याएको भन्दै सदस्य राजेश गुरुङ प्रति आभार प्रकट गरे । उनले आगामी दिनमा समेत अन्य सामाजिक तथा विकास निर्माणका काममा हातेमालो गर्न समेत आग्रह गरेका थिए ।

यसैगरी मैदान निर्माण उपभोक्ता समितिका सचिव प्रेम प्रसाद पराजुलीले आगामी असार सम्म उक्त मैदान निर्माण सम्पन्न गरिने बताए । ‘अहिले लकडाउनको समय छ, उनले भने, ‘दिउँसोमा प्रशासनले काम गर्न नदिने रातीमा स्थानीयलाई डिस्टर्व हुने भएकाले त्यही हो ५ बजेबाट ९ बजेसम्म मात्रै काम भएको छ ।’

उनका अनुसार कुल १० लाखको लागतमा मैदानलाई पूर्ण रुपमा व्यवस्थित गर्न नसकिने बताउदै अर्काे चरणमा पुरा गरिने बताए । ‘अहिले भनेको पर्खाल लगाउने र सम्याउने हो, उनले भने, ‘खेल्न चाँही मिल्छ पछिल्लो पटकको बजेटमा शौचालय तथा चेन्जिङ रुमको निर्माण गर्ने लक्ष्य छ ।’

उनले उक्त मैदान निर्माण पनि वडा २३ का मात्र नभई २४ का खेलाडीहरु पनि लाभाविंत हुने बताए । उनले भने, ‘यो बनेपनि जिल्ला स्तरिय अनि प्रदेश स्तरिय खेलहरु पनि राख्न सकिन्छ ।’

पराजुलीका अनुसार उक्त मैदान निर्माणको जिम्मा बाम्दी फुटबल मैदान निर्माण उपभोत्ता समितिको मातहतमा वाईयुके कन्स्ट्रक्सन एण्ड सप्लायर्सले लिएपनि स्थानिय क्लब, आमा समुहको जनसहभागिता समेत रहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.