पोखरा /ताण्डव न्यूज ।
पहिरोका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग दिउँसो १ बजेदेखि एकतर्फी रुपमा खुलाईएको छ ।
बिहान ६ बजेदेखि बन्द भएका सडक एकतर्फी रुपमा सञ्चालनमा आएको स्याङजा प्रहरीले जनाएको छ । उक्त सडक खण्डको भालुपहाडमा बिहान ६ बजे पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध हुँदा सवारी आवतजावत रोकिएको थियो ।

पोखराबाट गएको डोजर र एक्साभेटरको सहायताले सडकमा थुप्रिएको ढुंगामाटो हटाएपछि सडक एकतर्फी खुलेको र पूर्ण रुपमा खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
भालुपहाडमा सडकलाई चौडा पार्ने काम भइरहेकै बेलामा पहिरो खसेको हो । यो सडकले स्याङ्जा,पाल्पा, पोखरा र बुटवललाई जोडेको छ ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.