www.tandavnews.com
Fact ~ In search of truth

नेता खनाल अस्पताल भर्ना

काठमाडौं ।

नेकपा (एमाले)का नेता झलनाथ खनाल थापाथलिस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका छन् ।

नियमित उपचारका क्रममा अस्पताल आएका नेता खनाललाई चिकित्सकको सल्लाहअनुसार नै आज भर्ना गरिएको हो । उनका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार कमजोरी महसुस गरेपछि उपचारका लागि अस्पताल पुगेको उनी चिकित्सकको सल्लाहमा नै अस्पतालमा आराम गर्नका लागि भर्ना भएका हुन् ।

Batas

‘केही कमजोर महसुस भएपछि उनलाई आज अस्पताल ल्याइएको थियो’, उनले भने, ‘घरमा भन्दा चिकित्सकको निगरानीमा अस्पतालमा आराम गर्न सजिलो हुने भएकाले भर्ना गरिएको हो ।’

उनले नेता खनाललाई त्यस्तो कुनै समस्या नभएको र दुई–तीन दिनपछि घर फर्किने बताए । पूर्वप्रधानमन्त्री खनाललाई यसअघि कोभिड–१९ को संक्रमण देखिएपछि नर्भिक अस्पताल भर्ना गरी उपचार गरिएको थियो ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.