www.tandavnews.com
Fact ~ In search of truth

च्याम्बरद्धारा पोखरा २१ लाई ५ थान अक्सिजन सिलिण्डर

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेश च्याम्बर अफ कर्मशले पोखरा २१ सहयोग समितीमार्फत ५ थान अक्सिजन शिलिण्डर हस्तान्तरण गरेको छ ।

समितिका संयोजक अर्जुन गिरीलाई च्याम्बरका अध्यक्ष किशन सुनारले ४० लिटरका ५ वटा शिलिण्डर हस्तान्तरण गरेका हुन् । पोखरा २१ स्थित स्वास्थ्य चौकी र होम आईसोलेशनमा रहेका विरामीहरुका निमित्त अक्सिजनको अभाव हुन नदिन ती शिलिण्डर प्रदान गरिएको सुनारले ताण्डवलाई बताए ।

Batas

च्याम्बरले गण्डकी प्रदेशका विभिन्न जिल्लामा २५ लाख बराबरका ११० भन्दा बढि सिलिण्डर सहित स्वास्थ्य सामाग्रीहरु वितरण गरेको सुनारले जानकारी दिए । महामारीका बेला सहयोगको अभियान जारी राखिएको उनको भनाई थियो ।

सिलिण्डर ग्रहण गर्दै समितिका संयोजक अर्जुन गिरीले च्याम्बरको सहयोगप्रति आभार प्रकट गरे । उनले पोखरा २१का लागि सहयोगी हातहरु आउने क्रम जारी रहेको बताउँदै महामारीबाट पोखरा २१ बासीलाई जोगाउन समतिले कुनै कसर बाँकी नराखी कार्य गरेको बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.