www.tandavnews.com
Fact ~ In search of truth

मादक पदार्थ खाएर हिँडेका अधिकारी ककरेको रहमा मृत भेटिए

पोखरा /ताण्डव न्यूज ।

पोखरा महानगरपालिकाको वडा नं २३ र २४ को सिमानामा पर्ने हर्पन खोलाको ककरे स्थित रहमा तैरिरहेको अवस्थामा एक व्यक्ति मृत भेटिएका छन् ।

गएराती करिब साढे १० बजेदेखि हराईरहेका ४४ वर्षीय नारायण प्रसाद अधिकारी मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

Batas

पोखरा २३ कार्कीको तगरा स्थित माझथुम बस्ने अधिकारी सोही ठाउँको नयाँ वस्तीस्थित यु.एण्ड यु.घले रेष्टुरेण्टमा गई मादकपदार्थ सेवन गरी घर फर्कने क्रममा हराएका थिए ।

प्रहरीलाई खबर गरिएसंगै खोजी कार्यका लागि उक्त स्थानमा खटिएको प्रहरी टोलीले रहमा तैरिरहेको अवस्थामा शव फेला पारेको प्रहरी उपरिक्षक विनोद सिलवालले बताए । घटनाको विषयमा थप अनुसन्धान भईरहेको उनले जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.