www.tandavnews.com
Fact ~ In search of truth

पोखरा -२१ लाई एक्सपट एजुकेशनले दियो अक्सिजन कन्सेन्ट्रेटर

पोखरा /ताण्डव न्यूज।

पोखरा २१ कृष्ति स्वास्थ्य केन्द्रलाई एक्सपट एजुकेशन एण्ड भिजा सर्भिस प्रालिले अक्सिजन कन्सेन्ट्रेटर प्रदान गरेको छ ।

एक्सपट पोखराका डारेक्टर रमेश कुमार थापाले कोभिड १९ सहयोग उपसमितीका संयोजक अर्जुन गिरी र स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर प्रवीण पाण्डेलाई कन्सेन्ट्रेटर प्रदान गरेका हुन् ।

Batas

सहयोग हस्तान्तरण गर्दै थापाले एक्सपटले विपदका बेला विगतमा पनि सहयोग गर्दै आएको थियो र यसपटक पनि नेपाल अधिराज्यभरि सहयोग गरेको बताए । थापाले आगामी दिनमा पनि समाजका निम्ति यसरी नै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

स्वास्थ्य केन्द्रका प्रताप पौडेलले कार्यक्रम सञ्चालन गरका थिए भने एक्सपटका मार्केटिङ हेड विष्णु गौतम र एड्मिसन म्यानेजर रमेश बाँस्तोलाले पनि आफ्नो भनाई राखेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.