www.tandavnews.com
Fact ~ In search of truth

माघ १८ देखि पोखरामा ल्होछार महोत्सव

 

पोखरा ।

मञ्जुश्री सम्वत २८५५ औं सोनाम ल्होछारको अवसरमा पोखरामा प्रथम ल्होछार महोत्सव आयोजना हुने भएको छ ।

Batas

पोखरा प्रर्दशनी केन्द्र नयाँबजारमा माघ १८ गतेदेखि शुरु हुने महोत्सव माघ २६ गतेसम्म चल्ने आयोजक नेपाल तामाङ घेदुङ नालामुख इकाई समिति कास्कीले जानकारी दिएको हो । महोत्सवको इन एसोसियसन विद नेपाल तामाङ घेदुङ, कास्की रहेको छ ।

महोत्सवमा घरायासी प्रयोजनका लागि आवस्यक सामाग्रीहरुका स्टल, बाल उद्यान तथा रमाईलो मेला, विभिन्न प्रकारका फुड स्टल, जनजाती म्युजियम, तामाङ संस्कृतिसंग सम्वन्धित स्टलहरुका अलावा विभिन्न जनजातीहरुको भेषभुषा झल्कने सामाग्रीहरुको प्रदर्शन गरिने मेला संयोजक अमन तामाङले जानकारी दिए ।

मेलामा लोक दोहोरी प्रतियोगिता, विद्यालय स्तरिय नृत्य प्रतियोगिता, कमेडी नृत्य प्रतियोगिता, गोल्डेन ढाकाटोपी सांस्कृतिक सामूहिक नृत्य प्रतियोगितासंगै राष्ट्रिय स्तरमा ख्यातीप्राप्त कलाकारहरुको लोकदोहोरी तथा पप आधुनिक कन्सर्ट हुने उनले बताए ।

मेलामा लोकदोहोरीतर्फ मिलन लामा, ज्योती मगर, चोलेन्द्र पौडेल, जीवन दाहाल, शंकर बिरही गुरुङ, सुरेन्द्र गुरुङ, दुर्गा गुरुङ, ईन्द्रा गुरुङ, करन तामाङ, ओम गुरुङ लगायतको प्रस्तुती रहनेछ भने पोखरेली माग्नेबुढा, सुरज भिरखोइरे, दिपक थापा मगर लगायतका कलाकारहरुको हाँस्य प्रस्तुती रहने आयोजकले जनाएको छ । पप कन्सर्टतर्फ विजय लामा एण्ड टिम, नरेन लिम्बु, छेवाङ लामा, प्रोजेक्ट वान, आरम्भ तामाङ, मिस्टर डी, अल्मोडा राना उप्रेती, मंगोलियन हर्ट, डि मोर्चा तथा भाई गुरुङको प्रस्तुती रहनेछ ।

पोखरेली दर्शकहरुमा अत्याधिक माग भएका कलाकारहरुलाई पप कन्सर्टमा बोलाईएको र धेरैजसो कलाकारहरुले पहिलो पटक पोखरामा प्रस्तुती राख्ने भएकाले पनि मेलामा दर्शकको उल्लेख्य उपस्थिती रहने आयोजकको विश्वास छ ।

सोनाम ल्होछार मनाउन तामाङ समूदायका मानिसहरु देशभरबाट मेलास्थलमा उपस्थित हुने आयोजकको दावी छ । सोनाम ल्होछार तामाङ समूदायको महत्वपूर्ण पर्व हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.