www.tandavnews.com
Fact ~ In search of truth

पहिरो पीडितलाई होटल व्यवस्थापन समिति घान्द्रुकको आर्थिक सहयोग

पोखरा/ताण्डव न्यूज ।

अविरल वर्षाका कारण असार १ गते राती गएको पहिरोले घरमा क्षति पुर्याएका पीडितहरुलाई होटल व्यवस्थापन समिति घान्द्रुकका अध्यक्ष किसम गुरुङको नेतृत्वमा आर्थिक सहयोग प्रदान गरिएको छ ।

अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकका ४ परिवारलाई मंगलबार आर्थिक सहयोग प्रदान गरिएको अमृत लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले जानकारी दिए ।

Batas

उनका अनुसार मैतसिँह गुरुङलाई १ लाख, हरिकला गुरुङलाई ३० हजार, छबि राना मगरलाई २० हजार १ सय ३५ रुपैया तथा मनबुज परियार र बुद्धिराज परियारको परिवारलाई लाई जनही ३१ हजार ५ सय प्रदान गरिएको थियो ।

उनले उक्त हस्तान्तरण गरिएको रकम मध्ये होटल तथा पर्यटन व्यवस्थापन समितिको तर्फबाट ६० हजार र सो गाउँमा सञ्चालित ६७ वटा होटल तथा होमस्टेबाट संकलित १ लाख ५३ हजार गरि कुल २ लाख १३ हजार १ सय ३५ सहयोग हस्तान्तरण गरिएको बताए ।

गुरुङको अनुसार मैतसिँह गुरुङको करिब साढे १ करोड लागतको घर, हरिकला गुरुङको घर छबि राना मगरद्वारा संचालित ६१ लाख बराबरको रेष्टुरेण्टमा क्षति पुर्याएको थियो । भने स्थानिय मनबुज परियार र बुद्धिराज परियारको घर पनि वर्षाका कारण चर्किएपछि उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण थियो ।

सो सहयोग रकम हस्तान्तरण पश्चात बोल्दै होटल व्यवस्थापन समिति घान्द्रुकका अध्यक्ष किसम गुरुङले गाउँलेको दुखमा आर्थिक सहयोग गर्ने सबै होटल तथा होमस्टे सञ्चालकहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.