www.tandavnews.com
Fact ~ In search of truth

मृत्युपछि केसीले सम्पत्ति शुद्धिकरणबाट पाए ‘क्लिन चिट’, छोराले भनेः सत्यको जीत भयो

पाेखरा/ताण्डव न्यूज

देशकै चर्चित व्यवसायी सूर्यबहादुर केसीले मृत्युपछि आइतबार न्याय पाएका छन् । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले रुपनारायण भट्टराई निर्देशक भएकाबेला केसीको सम्पत्तिमाथि छानबिन गरेको थियो ।

विभागले केसीको ३० करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै छानबिन थालेको थियो । छानबिनकैक्रममा केसीको गत वर्ष कात्तिकमा मृत्यु भएको थियो । विभागले उक्त रकम ‘कालो धन’ भन्दै छानबिन अघि बढाएपनि अन्ततः सबै सम्पत्तिको स्रोत खुलेको भन्दै हालै क्लिन चिट दिएको छ ।

Batas

‘विभागले सबै सम्पत्तिको स्रोत खुलेको चिट दिएपछि परिवारमा खुशी छाएको छ’ केसीका छोरा किरणले भावुक हुँदै भने ‘बुवा जीवितै भएको बेला फैसला आएको भए……’

उनले ढिलै भएपनि न्याय पाएको बताउँदै अन्तमा सत्यको जीत भएको प्रतिक्रिया दिए । बुवाले सुरु गरेको व्यवसायले देशको ढुकुटीमाथि कहिल्यै गद्यारी नगरेको र आगामी दिनमा पनि नगर्ने उनले स्पष्ट पारे ।

हाल केसी ग्रुपअन्तरगत हिमश्री फुड्स प्रालि, हिमश्री फुड्स वेस्टन नेपाल, केसी कन्स्ट्रक्सन फर्म, टाक्स हाइड्रोपावर प्रालि, सिभिल हाइड्रोपावर प्रालि, गण्डकी हाइड्रोपावर प्रालि, युनाइटेड इदि मर्दि हाइड्रोपावर प्रालि, अपर सेती हाइड्रोपावर प्रालि, हिमश्री केसी ग्रुप पिएएर्स इण्डस्ट्रीज एण्ड ट्रेडिङ, माछापुच्छ्रे बैंकलगायत सञ्चालनमा छन् । त्यस्तै, शिक्षा र पत्रकारिताको विकासमा समेत केसी परिवारले निरन्तर सहयोग गर्दै आएका छन् ।

लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा बिताएका केसीले पछिल्लो समय नेपाली कांग्रेसबाट समानुपातिक सभासद भएका थिए । हाल शुद्धिकरण विभागका महानिर्देशकमा गजेन्द्रकुमार ठाकुर रहेका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.