www.tandavnews.com
Fact ~ In search of truth

अर्थतन्त्र सबल बनाउन र परनिर्भरता घटाउन कृषिमा जोड दिनुपर्छः प्रदेश प्रमुख पौडेल

पोखरा/ ताण्डव न्यूज ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले अर्थतन्त्र सवल बनाउन र परनिर्भरता घटाउन कृषि कर्ममा जोड दिनुपर्ने बताएकी छिन् । राष्ट्रिय धान दिवस २०७८ को अवसरमा सम्पूर्ण कृषकलाई शुभकामना सन्देश दिदैँ उनले कृषि प्रधानमुलुक नेपालमा ‘मानो रोपेर मुरी उब्जाउने’ आजको दिनको विशेष महत्व रहेको उल्लेख गरिन् ।

कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपाल सरकारले २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरि २०६२ असार १५ देखि राष्ट्रियधान दिवस मनाउन थालेको र संविधानमा खाद्य सम्बन्धी हकलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको साथै यस हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ समेत जारी भइसकेको उल्लेख गरेकी छिन् ।

Batas

नेपाल सरकारले प्रमुख खाद्यान्न बालीका रुपमा रहेको धानको उत्पादन बृद्धि गरी देशमा दीगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेर नीति तथा योजनाहरु तर्जुमा गरी कार्यान्वयनमा ल्याइसकेकाले यसलाई सार्थक तूल्याउन तीनवटै तहका सरकारहरुको समन्वयात्मक र एकीकृत प्रयासको आवश्यकता रहने सन्देशमा उल्लेख छ ।

कृषिमा आधारित यस दिनलाई आत्मनिर्भर तर्फ उन्मुख गराउन आधुनिकिकरण र व्यवसायिक कृषि प्रणालीमा जोड दिन पनि उत्तिकै आवश्यकता रहेको औल्याइएको छ । यतिबेला कोरोना महामारीले देशभित्र तथा विदेशमा रोजगारी गुमाएको जनशक्तिलाई कृषि कर्मले एउटा अवसर प्रदान गर्न सक्ने भएकाले कृषकलाई कृषि कर्म गर्न आवश्यक विउ, मल तथा अन्य सामग्रीहरुको सहज उपलब्धता सुनिश्चीत गर्न राज्य र सम्वन्धीत निकायले समयमै ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.