www.tandavnews.com
Fact ~ In search of truth

अस्ट्रेलियाःनेपाली सोसाइटी अफ तास्मानियाको अध्यक्षमा खगेन्द्र सत्याल निर्वाचित

पोखरा/ताण्डव न्यूज ।

अस्ट्रेलियामा रहेको नेपाली सोसाइटी अफ तास्मानियाको साधारण सभा सन् २०२१ सम्पन्न भएको छ ।

साधारण सभा सोसाइटीका निवर्तमान अध्यक्ष अभिनव आचार्यको अध्यक्षतामा हिजो (शनिबार) तास्मानियाको होबार्टमा सम्पन्न भएको हो ।

Batas

सम्पन्न साधारण सभाबाट खगेन्द्र सत्याल अध्यक्ष पदमा निर्वाचित भएका छन् । सत्याल मतदानबाट नेपाली सोसाइटी अफ तास्मानियाको एक वर्षे कार्यकालका लागि नियुक्त भएका हुन् । अध्यक्ष पदका लागि सत्याल र अरुणा पौडेलको उम्मेदवारी परेको थियो ।

यस्तै उपाध्यक्षमा मेघना राउत, सचिवमा बसन्त घिमिरे, कोषध्यक्षमा डोल्मा शेर्पा चयन भएका छन् । भने सदस्यहरुमा गायत्री पाण्डे, अनिल दंगाल, अनुज अधिकारी, विष्णु सापकोटा, पूर्णिमा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृत अर्जुन प्रसाईको रोहबरमा अध्यक्षका प्रत्यासीहरुको निर्वाचन भएको थियो ।

अध्यक्षमा निर्वाचित सत्यालले संस्थाका संस्थापक अध्यक्षहरुलाई सम्मान गर्ने,होबार्टमा संचालित पाठशालाको आफ्नै पाठ्यक्रम विकास गरी स्तरीय बनाउने, नेपाली भाषा कला र संस्कृति प्रर्वद्धन गर्न स्थानीय सरकारसँग आर्थिक सहयोगका लागि पहल गर्ने र नेपाली समुदायका विभिन्न संघ संस्थासँग सहकार्य गर्ने लगायतका भावी योजना रहेको बताएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.