www.tandavnews.com
Fact ~ In search of truth

‘देश राजनैतिक द्वन्दमा प्रवेश गरेको छ, देशभर विरोध प्रदर्शन गरौँ’ : एमाले नेता बस्नेत

पोखरा /ताण्डव न्यूज ।

नेकपा एमालेका यूवा नेता महेश बस्नेतले सर्वोच्चले गरेको फैसलालाई असंवैधानिकको संज्ञा दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यूवा संघका पूर्व अध्यक्ष समेत रहेका नेता बस्नेतले माइतिघर मण्डलामा जम्मा भएर सर्बोच्च अदालतको असंबैधानिक फैसलाक बिरुद्ध बिरोध जनाउन अपील समेत गरेका छन ।

Batas

‘आजको दिन नेपालको इतिहासमा सर्बोच्च अदालत चुकेको दिन। निर्दलिय शाषण ब्यब्स्थाको पुन बिजारोपन भएको दिन’ उनले अगाडि लेखेका छन ‘व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेट्ङ्ग वाला केही न्याय मुर्तिका नामधारीहरुले हातमा लिएको क्षण । अब देश राजनैतिक द्वन्दमा प्रबेश गरेको छ। यो परमादेश कार्वानयन गर्ने असम्भन छ ।’

युवा संघले यसको विरुद्ध तुरुन्तै माइतिघर मण्डलामा बिरोध प्रदशन गर्न लागेको उनले जानकारी दिएका छन् । यसअघि आजैमात्र सर्वोच्च अदालतले संसद पुनस्थापनाको फैसला सुनाएको छ ।संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी समेत गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.