www.tandavnews.com
Fact ~ In search of truth

बिहीबार देखि लामो दुरीको बस सञ्चालन गर्ने तयारी, मास्क नलाउने यात्रुलाई १० रुपैया

अर्जुन गाहा (सुशान्त)
पोखरा/ताण्डव न्यूज ।

पृथ्वी राजमार्ग बस सञ्चालक प्रालिले आगामी ३० गते देखि लामो दुरीका बस सञ्चालन गर्ने तयारी गरेको छ ।

पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलनको आयोजना गर्दै आउँदो बिहिबार देखि यात्रुको माग अनुसार सिमित सवारी सञ्चालन गर्ने घोषणा गरेको हो । यद्यपी सरकारले सञ्चालनको अनुमति भने दिएको छैन ।

Batas

पृथ्वी राजमार्ग बस सञ्चालक प्रालिका अध्यक्ष योगेन्द्र बहादुर केसीले सरकारले लागु गरेको स्वास्थ्य सुरक्षाको मापडण्ड पूर्ण रुपमा पालना गरि सिमित बस सञ्चालन गरिने जानकारी दिए । ‘सेनीटाईजरको व्यवस्था बस मालिकले गर्नेछन्, उनले भने, ‘मास्क विना सवारी साधनमा यात्रा अनुमति दिईनेछैन । यदि यात्रुसँग मास्क नभएमा सहचालकले १० रुपैया उपलब्ध गराउनेछ ।’

उनले सो कम्पनीमा १ हजार ४ सय सवारी साधन आवद्ध रहेको बताउदै मजदुरको रोजीरोटी खोसिएसँगै पेशा परिवर्तन गर्न बाध्य भएको उल्लेख गरे । हामी र मजदुरहरुको रोजीरोटीको समस्या छ । बैंक वित्तिय संस्थाबाट विहानबाटै बेलुकीसम्म दैनिक फोन गरेर टर्चर दिएको अवस्था छ, उनले भने, ‘सवारी साधन नगुुडीरहेको बेला पनि हाम्रो माग सम्बोधन हुने भएन । त्यसले गर्दा हामीले भद्र विरोध गर्दै आफ्ना सवारी साधनहरु दैनिक रोजिरोटी सञ्चालन गर्नका निम्ति सडकमा साधन निकाल्दैछौ ।’

अध्यक्ष केसीले राज्यले यातायात व्यवसायीहरुको समस्यालाई सम्बोधन नगरेको बताउदै सवारी गुडाउनुको विकल्प नरहेको बताए ।अहिलेसम्म सरकारले लकडाउन गरेको अवस्था छ, हामीले सवारी निकालेको खण्डमा राज्य पक्षबाट गिरफ्तार गर्ने बन्द गराउने काम हुन सक्छ, उनले भने, ‘यदि त्यस्तो भयो भने हामीले सहजै ढंगले गिरफ्तारी दिन पनि तयार छौ । र हामीले कुनै रहरले यो गर्दैछैनौ ।’

अध्यक्ष केसीले बिहीबार देखि टिकट काउण्टर खोलिने बताउदै यात्रुको आवश्यकता अनुसार लामो दुरीका बस सञ्चालन गर्ने जानकारी दिए । ‘विद्रोहबाहेक केही विकल्प छैन । बाटोमा कुनै अवरोध भए आग्रह र अनुरोध गर्नुको अस्त्र छैन, उनले थपे, ‘प्लेनमा कोरोना नसर्ने । हाम्रो गाडी नचल्दा पनि २ हजार संक्रमित थपिएका छन् । हामीले कर तिर्ने तर महामारीमा हामीलाई नहेर्ने यही हो राज्यको नीति ?’ केसीको प्रश्न छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.