www.tandavnews.com
Fact ~ In search of truth

म्याराथनमा गण्डकी प्रदेशलाई स्वर्ण

पाेखरा।

पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज सम्पन्न म्याराथनमा पुरुषतर्फ गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ । गण्डकीका अनिश थापामगरले एथ्लेटिक्स अन्तर्गतको म्याराथन विधामा प्रदेशलाई स्वर्ण दिलाए।

भारतीय सेनामा कार्यरत उनी पर्वत जिल्लाको हुन् । अनिशले म्याराथनको ४२.१९५ किलोमिटर दूरी दुई घण्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गरी च्याम्पियन बने। यसैगरी विभागीय नेपाली सेनाका कृष्ण बस्नेतले दुई घन्टा २३ मिनेट १४ सेकेन्डमा दूरी पार गरी रजत पदक जित्दा सशस्त्र बल एपिएफका सन्तोष विक्रम विष्टले दुई घन्टा ३० मिनेट ५४ मिनेटमा निर्धारित दूरी पार गरी कास्य पदक जिते।

पोखरा रङ्गशालाबाट सुरु भएको म्याराथन पोखराको विभिन्न स्थानहरुको परिक्रमापछि पुनः रङ्गशालामै आएर टुङ्गिएको हो । म्याराथन दौडमा १८ जना सहभागी थिए ।
रासस

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.