www.tandavnews.com
Fact ~ In search of truth

भारतमा १३२ दिनपछि थप कोरोना संक्रमितको संख्या ३० हजार भन्दा कम

भारत ।

भारतमा पछिल्लो २४ घण्टामा थप २९ हजार ६८९ जनामा कोरोना संक्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको छ । भारत १३२ दिनपछि थप कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

हाल भारतमा तीन लाख ९८ हजार १०० जना सक्रिय संक्रमित रहेका समाचारमा जनाइएको छ । गत २४ घण्टाको अवधीमा भारतमा कोरोना संक्रमणको कारण ४१६ जनाको मृत्यु भएको छ । यसैसँगै यहाँ कोरोना शुरुभएदेखि हालसम्म कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख २१ हजार ३८२ पुगेको पनि स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको छ ।

Batas

गत २४ घण्टामा यहाँ ४२ हजार ३६३ जना व्यक्ति कोरोना मुक्त भएपछि कुल तीन करोड ६ लाख २१ हजार ४६९ व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् । संक्रमणमुक्त भएकाहरुको यो संख्या ९७.३९ प्रतिशत हो ।

अधिकारीहरूका अनुसार भारतमा अहिलेसम्म ४४ करोड १९ लाख भन्दा बढी डोज खोप कोरोनाभाइरसविरुद्ध लगाइएको छ । त्यसैगरी देशभरी अहिलेसम्म ४५ करोड ९१ लाख व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.