www.tandavnews.com
Fact ~ In search of truth

कुन मापदण्ड अनुसार पोखरा रंगशाला मनाङको ‘होम ग्राउण्ड’ ? अध्यक्ष गुरुङ भन्छन्ः खेलमात्रै खेल्नेछ

पोखरा/ताण्डव न्यूज ।

‘ए’ डिभिजन क्लब मनाङ र्मस्याङदीलाई घरेलु मैदानको रुपमा पोखरा रंगशाला प्रयोग गर्न दिइने प्रसंगबारे यतिबेला चर्चा चलेको छ ।

फुटबल विकासका लागि यो निर्णय महत्वपूर्ण भएपनि मापदण्ड नबनाई रङ्गशालालाई घरेलु मैदान बनाउने प्रसंगपछि चर्चा चुलिएको हो । तर मनाङ र्मस्याङदीले पोखरालाई केन्द्र मानेर आफ्नो खेलकुद गतिविधि बढाउनेछ ।

Batas

यद्यपी पोखरा रंगशालालाई होम ग्राउण्ड भन्ने चर्चा भएपनि राष्ट्रिय खेलकुद परिषदका अनुसार उक्त मैदानमा प्रतियोगिता मात्रै खेल्नेछ र एकदिवसीय खेलहरु सञ्चालन गर्नेछ । उक्त क्लबले प्रशिक्षणका लागि भने पोखराका अन्य मैदानहरु प्रयोग गर्नेछ । यसअघि मनाङ र्मस्याङदीले काठमाण्डौमै रहेर प्रशिक्षण गर्दै आईरहेको छ ।

‘ए’ डिभिजन क्लब मोफसलमा आउनु सुखद पक्ष भएपनि रङ्गशालामा प्रतिायोगिता गर्ने भएपछि स्थानीयस्तरका प्रतियोगिताहरुलाई प्रभाव पार्ने हो कि भन्ने चिन्ता चुलिएको छ ।

तर राष्ट्रिय खेलकूद परिषदका सदस्य एवं गण्डकी प्रदेशका ईन्चार्ज राजेशकुमार गुरुङले भने खेल तालिकालाई व्यवस्थित गरिने बताए । ‘पोखराकाले टुर्नामेण्ट गर्छु, त्यसैगरी मच्छिन्द्र र अरुले पनि गर्छु भन्यो भने त्यसलाई पनि दिन्छौँ, सदस्य गुरुङले भने, ‘सहाराको टुर्नामेन्ट र पोखराको अरु कुनै टुर्नामेन्ट छ भने त्यसलाई नजुधाउने गरेर व्यवस्थापन गर्छौ ।’

सदस्य गुरुङले मनाङ र्मस्याङदी क्लबको प्रतियोगिता सिमित रहेको बताउँदै हरेक महिना हुने खेलको तालिका राखेपले व्यवस्थित गर्ने बताए ।

मनाङ र्मस्याङदीलाई मैदान के आधारमा दिईएको हो ? भन्ने ताण्डव न्यूजको प्रश्नमा सदस्य गुरुङले भने, ‘मलाई यो होम ग्राउण्डको बारेमा थाहा छैन, तर ट्रेनिङ यहाँ गर्दैनन्, सहारा एकेडेमीको जस्तो गर्छन् र ट्रेनिङको लागि मैदान छुट्टै हुन्छ ।’

मनाङले प्रतियोगिताका लागि मात्र रंगशालाको फुटबल मैदान प्रयोग गर्ने सदस्य गुरुङले प्रष्ट पारे । उनका अनुसार उक्त क्लबले प्रशिक्षणका लागि हेम्जाको खेल मैदान तथा गोष्तेघाटको मैदान प्रयोग गर्नेछ । ‘उहाँहरुले ईभेण्ट गरेवापत राखेपलाई पैसा तिर्नुपर्छ, सदस्य गुरुङले भने, ‘अहिले उहाँहरुको सुरुवात हो पछि राम्रो हुँदै गएपछि खेलकूदको विकासमा थप सहयोग गर्नुहुन्छ’ । तर मनाङ र्मस्याङदी क्लबले कुन मापदण्ड अनुसार मैदान प्राप्त गरेको हो भन्ने बारे उनले प्रष्ट्याएनन् ।

गुरुङले मनाङ मस्र्याङ्दी बाहेक अरु क्लबहरुलाई समेत सोही प्रकारको सम्झौता अनुसार नै मैदान उपलब्ध गराउन सकिने बताउँदै ईभेन्ट सकिएपछि संरचनामा क्षति पुगे नपुगेको बारे अनुगमन गर्ने बताए । गुरुङले फरक प्रसंगमा बोल्दै मनाङ मस्याङ्दी पोखरा आउँदा यहाँको होटल व्यवसाय तथा पर्यटन प्रर्वद्धनमा समेत टेवा पुग्ने धारणा समेत राखेका थिए ।

के भन्छन् एन्फा कास्की अध्यक्ष ?

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले ए डिभिजन क्लब मनाङ मस्र्याङ्दी पोखरा आउनु सकारात्मक रहेको बताए । ‘मनाङ मस्र्याङ्दी आफ्नो ठाउँ पोखरा आएर बस्नु भनेको त राम्रो हो नि, उनले भने, ‘यसले फूटबलको विकास हुन्छ, चार्म बढ्छ ।’
उनले होम ग्राउण्डको विषयमा खेलकूद सम्बद्ध व्यक्तिहरुको बुझाई गलत रहेको टिप्पणी गरे ।

‘गण्डकी प्रदेश फुटबलको जोन हो, तर होमग्राउण्ड भनेर मान्छेको बुझाई रंगशाला नै दिनेजस्तो कुरा छ, तर त्यसो होईन, उनले भने, ‘त्यो दिन पनि मिल्दैन । प्रशिक्षणको लागि अर्कै मैदान हुन्छ रङ्गशालामा खेल मात्रै खेल्नेछ ।’

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.