www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः पोखरामा उपचाररत ३ संक्रमितको मृत्यु

कास्कीका १३८ सहित थपिए ३३२ संक्रमित

पोखरा/ ताण्डव न्यूज ।

पोखराका छुट्टाछुट्टै अस्पतालमा उपचाररत ३ जना संक्रमितको मृत्यु भएको छ ।

कास्कीका २ र गोरखाका १ जनाको संक्रमणबाट ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

मृतक संक्रमितमध्ये दुइ जनाको पोखरा स्वास्थ्य विज्ञान संस्थान प्रतिष्ठान र एक जनाको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यो सँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०९९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीमा ३३२ संक्रमित थपिएका छन् ।संक्रमित हुनेमा कास्कीका १३८ जना, मुस्ताङका १,म्याग्दीका ११, पर्वतका १९,गोरखाका ३६, लमजुङका १४,तनहुँका ५, बागलुङका ९३, स्याङ्जाका ४ र नवलपरासीका ११ जना रहेका छन् ।

१५९ महिला र १७३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमित हुनेको संख्या ६८ हजार ३४ पुगेको छ ।

यस्तै सोही समयमा प्रदेशमा आज १३६ जना मात्रै सन्चो भएका छन् । आज सन्चो भएकासँगै हालसम्म ६१ हजार ७८४ जनाले कोरोना जितेका छन् ।

हाल प्रदेशमा ५ हजार १५१ सक्रिय संक्रमित छन् । जसमध्ये ४हजार ८४८ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.