www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रियसभामा ‘रेल्वे विधेयक २०७६’ पेश

काठमाडौं ।

राष्ट्रियसभामा ‘रेल्वे विधेयक, २०७६’सम्बन्धी प्रतिवेदन पेश गरिएको छ ।

विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले सभा समक्ष उक्त प्रतिवेदन पेश गरेका हुन् । यस्तै गुरुङले ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभा समक्ष पेश गरे ।

Batas

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ राष्ट्रियसभा समक्ष पेश गरे । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.