www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा प्रभावकारी बन्दै साझेदारी कार्यक्रम

पोखरा ।

कास्की जिल्ला समन्वय समितिको आर्थिक सहयोगमा सञ्चालित योजना प्रभावकारी बनेका छन् । जिसस र पालिकाको साझेदारीमा सञ्चालित योजनाको निर्माण प्रभावकारीरूपमा अघि बढेका छन् भने सम्पन्न योजना पनि उपयोगी देखिएका छन् ।

कास्की जिल्लाका पोखरा महानगरपालिकासहित कूल पाँचवटा स्थानीय तहमा सञ्चालित ४६ योजनामा कूल ३१ करोड ३३ लाख ५३ हजार ९६७ लगानी भएको हो । तीमध्ये समन्वयको ६० प्रतिशत र स्थानीय तहको ४० प्रतिशत लगानी रहेको छ ।

Batas

प्रत्यक्ष जनतालाई सुविधा पुग्ने खालका योजना छनोट गरी जिससको मौज्दात कोषको १९ करोड पाँच लाख ७८ हजार ३७८ र पाँचवटै स्थानीय तहको १२ करोड २७ लाख ७५ हजार ५८९ बराबरको विकास निर्माणमा लगानी भएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार पालिकागत योजनाअनुसार प्रशासकीय भवन र विभिन्न वडा कार्यालयका भवन निर्माणतर्फ १२ करोड ८१ लाख २६ हजार ३८६, खानेपानी पूर्वाधारतर्फ दुई करोड ५७ लाख ९६ हजार ९९५, विद्यालय निर्माण तथा भवन मर्मततर्फ तीन करोड ४१ लाख ५४ हजार ९९६ र अस्पताल भवन मर्मत तथा निर्माणका लागि २५ लाख बराबरको बजेट विनियोजन गरिएको हो ।

‘विश्वव्यापीरूपमा पैmलिएको कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले लगाएको निषेधाज्ञाको अवधिमा समेत स्वास्थ्य मापदण्ड अपनाएर निर्माण कार्यलाई तीव्रता दिइएको हो’, उनले भने, ‘विकास निर्माणमा तोकिएको समय र गुणस्तरमा कुनै पनि सम्झौता हुँदैन ।’

संवैधानिक व्यवस्थानुसार जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने, विकास तथा निर्माणसम्बन्धी कार्यमा सन्तुलन कायम गर्ने र विकास निर्माण तथा प्राकृतिक स्रोत उपयोगलगायत अनुगमन गर्ने व्यवस्थानुसार जिससले जिल्लामा तीनवटै तहबाट सञ्चालित योजनाको सरोकारवाला पक्षको समेत सहकार्यमा अनुगमनलाई निरन्तरता दिँदै आएको उनको भनाइ छ ।

निर्माण कम्पनी तथा उपभोक्ता समितिबीचको समस्या समाधानका लागि आवश्यक पहल र समन्वय गर्ने तथा जग्गा विवाद समाधान एवं समयमा बजेट निकासाका लागि आवश्यक पहल गर्दै आएको बताउँदै प्रमुख क्षेत्रीले भने, ‘विकास निर्माणमा कमीकमजोरी तथा ढिलासुस्ती गर्ने सम्वद्ध पक्षलाई कारबाही गर्न भने कानुनी अभाव छ ।’ रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.