www.tandavnews.com
Fact ~ In search of truth

चिनियाँ शहर नानिङले पोखरा महानगरलाई दियो २० लाख बराबरको स्वास्थ्य सामग्री

पोखरा ।

पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको नानिङ शहरले पोखरा महानगरपालिकालाई २० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएशनको समन्वयमा ल्याइएको उक्त सामग्रीलाई आज महानगर परिसरमा परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले उपप्रमुख मञ्जुदेवी गुरुङलाई हस्तान्तरण गरे ।

Batas

उपप्रमुख गुरुङले पोखरा महानगरले १३ वटा अन्तराष्ट्रिय सम्बन्ध मध्ये ९ वटा चीनका विभिन्न शहरसँग भएको जानकारी दिए । २०७४ पौष २६ गते पोखरा महानगर र चीनको नानिङ शहर बीच भगिनी सम्बन्ध रहेको उल्लेख गर्दै प्राप्त सामग्रीले महामारी रोकथाम र नियन्त्रणमा निकै सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले नानिङ शहरका मेयरलाई धन्यावाद पत्र पठाउँदै कोरोना सहज पछि पोखरा भम्रणको आमन्त्रण गरिने बताए । महामारी नियन्त्रणमा सबैको साथ र सहयोग आवश्यक रहेको जनाउँदै प्राप्त सामग्रीलाई आवश्यकताको आधारमा अस्पतालहरुलाई वितरण गर्ने जानकारी दिए ।

परिषद्का अध्यक्ष भट्टराईले उक्त शहर चीनको नमुना शहर भएको उल्लेख गर्दै भगिनी सम्बन्ध स्थापित शहरको साथ र सहयोगले आगामी दिनमा पर्यटन प्रर्वद्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनका अनुसार स्वास्थ्य सामग्री अन्तर्गत ५ वटा अक्सिजन कन्सन्टेटर मेशिन, मेडिकल मास्क बीसहजार पिस, पिपिइ सेट पाँचसय पिस, मेडिकल पञ्जा पाँचहजार पिस गरी २० लाख बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.