www.tandavnews.com
Fact ~ In search of truth

अनेरास्ववियूले लगाए शिक्षा महाशाखाको कार्यकक्षमा ताला

एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) कास्कीले शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

पोखरा महानगरपालिकाभित्र सञ्चालित निजी विद्यालयले प्रदान गर्नुपर्ने छात्रवृत्ति छनोटको जिम्मा निजी विद्यालयलाई नै दिएको भन्दै अनेरास्ववियूले तालाबन्दी गरेका हुन् ।

शिक्षा महाशाखाले उत्तरदायित्व निर्वाह गराउनुपर्ने भूमिकालाई बेवास्ता गरेको हुनाले माग सम्बोधन गराउन तालाबन्दी गर्नुपरेको अनेरास्ववियू कास्कीका संयोजक विजय पौडेलले जानकारी दिएका छन् ।

Batas

उच्च शिक्षा राष्ट्रिय परिषद्ले सञ्चालन गर्ने गरेको छनोट परीक्षा केही वर्षयता स्थानीयपालिकालाई हस्तान्तरण गरिएको छ । यसअघि ३ वर्ष पोखरा महानगरले आफैंले परीक्षा लिई कायम कोटाअनुसार विद्यार्थीलाई निजी विद्यालयमा छात्रवृत्ति दिँदै आएको थियो ।

तर गत वर्षदेखि कोरोनाको कारण देखाउँदै स्वयं निजी विद्यालयलाई छनोटको अधिकार दिँदा अपारदर्शी हुने पौडेलको भनाइ छ ।
‘दुधको साक्षी बिरालो जस्तो भएको छ महानगरको शिक्षा शाखा । निजी विद्यालयलाई सो अधिकार दिँदा उनीहरुले कोटामा आफ्नो इष्टमित्र र छोराछोरीलाई नै भर्ना गरेर पूर्ति गरेको देखाउँछन्, यसलाई पूर्ववत् रुपमै महानगरबाटै छात्रवृत्ति छनोट हुनुपर्ने हाम्रो माग छ,’ पौडेल बताउँछन् ।

यसबारे शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यलाई फोन सम्पर्क गर्दा उनी उपलब्ध नभएको उनीहरुको गुनासो छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.