www.tandavnews.com
Fact ~ In search of truth

काेभिड कहरः २१ हजार ६ सय ५६ जनालाई मास्क वितरण

कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २१ हजार ६ सय ५६ जनालाई निशुल्क मास्क वितरण गरिएको छ । गत वैशाख ६ गतेदेखि हालसम्म ८ लाख ५६ हजार ४ सय ७३ जनालाई मास्क वितरण गरिएको हो ।

नयाँ भेरियन्टसहितको कोभिडको संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?‘ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।

साथै कोभिड रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ४ सय २० जनालाई ४५ हजार ६ सय रुपैयाँ जरिवाना गरिएको छ ।

Batas

सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ५ हजार १ सय १९ जनालाई रोकी सम्झाईबुझाई गरी छाडिएको छ । देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको १ सय ६६ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत २४ हजार २ सय ३४ जनालाई सचेत गराइएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.