www.tandavnews.com
Fact ~ In search of truth

एकनाले भरुवा बन्दुक र सिसाको गोलीसहित १ जना पक्राउ

नवलपुर

मध्यबिन्दु नगरपालिका- १० अधेरी खोलास्थित सडकबाट १ थान एकनाले भरुवा बन्दुक, १८ थान सिसाको गोली, ५४ ग्राम बारुद र १६ थान पटकासहित सोही नगरपालिका पोखरीताल बस्ने ४२ वर्षीय दलबहादुर थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लु. २८ प ५४४५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी अरुणखोलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक थापालाई उक्त हातहतियारसहित फेलापारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Batas

साथै तनहुँ, देवघाट गाउँपालिका- ५ बगन्दी घाटमा भक्तपुर चाँगुनारायण नगरपालिका- ६ बस्ने ४२ वर्षीया पवित्रा लामिछाने बुधबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.