www.tandavnews.com
Fact ~ In search of truth

शैक्षिक सुधारका लागि रु १० लाख सहयोग गर्ने अध्यक्ष ओलीको घोषणा

नेकपा ‘एमाले’ का अध्यक्ष केपी शर्मा ओलीले चन्द्रागिरी नगरपालिका–१९ मा स्थापित ‘वडाध्यक्ष शैक्षिक विकास’ का लागि रु १० लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

उक्त वडामा कुनैपनि बालबालिका आर्थिक समस्याका कारण शिक्षाबाट बञ्चित नहोस् भन्ने उद्देश्यले वडाध्यक्ष उत्तमबहादुर राउतले आफूले पाउने तलब सुविधा जम्मा गरी कोषको थालनी गरेको हो ।

निर्माणाधीन सो वडास्थित भिराडिल खाइके साकुरा पार्क अवलोकनपछि आयोजित कार्यक्रममा अध्यक्ष ओलीले उक्त रकम सहयोग गर्ने घोषणा गरेका हुन् । उनले भने, ‘यो धर्तीमा काम नलाग्ने कुनै पनि त्यस्तो मानिस, वस्तु  वा ठाउँ हुँदैन, त्यसको उदाहरण यो पार्क हो ।’

Batas

कार्यक्रममा अध्यक्ष ओलीका श्रीमती राधिका शाक्य, सांसद कृष्णगोपाल श्रेष्ठलगायत सहभागी थिए ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.