www.tandavnews.com
Fact ~ In search of truth

ग्यारेजमा पहिरो जाँदा चालकको मृत्यु, २ घाईते

पर्वतको जलजला गाउँपालिका–३ कालीपुलस्थित पहिरोमा पुरिएर १ व्यक्तिको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

रारा अटो मोबाईल एन्ड हरी अटो पार्टस ग्यारेजमा बिहीबार साँझ गएको पहिरोले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ बस्ने ३८ वर्षीय टेकमान गर्वुजाको मृत्यु भएको हो ।

म्याग्दी प्रहरीका अनुसार गर्वुजा ग।१ ज ६६३२ नम्बरको जिपका चालक हुन । पहिरोले जीपसमेत पुरिएको छ । पहिरोमा पुरिएर सोही ग्यारेजमा काम गरिरहेका २ जना मजदुर घाइते भएका छन् ।

Batas

घाईते हुनेमा भारत बिहार घर भएका १८ वर्षीय शाही तुला अन्सरी र धनुषा औरही घर भएका ३५ वर्षीय राजिब ठाकुर रहेको र उनीहरु लाई उपचारका लागि जिल्ला अस्पताल म्याग्दी पठाइएको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.