www.tandavnews.com
Fact ~ In search of truth

महन्थ ठाकुरको अध्यक्षतामा ‘लोकतान्त्रिक समाजवादी पार्टी’

 

जनता समाजवादी पार्टी ‘जसपा’ को महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा दर्ता गराएको नयाँ पार्टीको नाम परिवर्तन गरी लोकतान्त्रिक समाजवादी पार्टी बनाएको छ । यसअघि आयोगमा निवेदन दिएको जसपा ‘लोकतान्त्रिक’ नाम परिवर्तन गरी आज लोकतान्त्रिक समाजवादी पार्टीको नामको दल दर्ताका लागि निवेदन दिइएको नेता केशव झाले जानकारी दिए ।

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेको ठाकुर पक्षले गत बुधबार जसपा ‘लोकतान्त्रिक’ दल दर्ताका लागि निवेदन दिएको थियो । यसअघि जसपा लोकतान्त्रिक पार्टी नाम राखी दल दर्ताका लागि निवेदन दिइएकोमा उक्त नाम मिल्न गएकाले अब उपरान्त पार्टीको नाम लोकतान्त्रिक समाजवादी राख्ने निर्णय गरिनुका साथै विधान, घोषणापत्र र नियमावलीमा लोकतान्त्रिक समाजवादी पार्टी उल्लेख गरी आयोगमा पठाउने निर्णय भएको अध्यक्ष महन्थ ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

Batas

लोकतान्त्रिक समाजवादी दलको अध्यक्षमा महन्थ ठाकुर तथा वरिष्ठ नेतामा राजेन्द्र महतो र शरतसिंह भण्डारी रहेको छ । उक्त दलमा अध्यक्ष र वरिष्ठ नेतासहित ३१ सदस्यीय कार्यकारिणी समिति प्रस्ताव गरिएको छ, जसमध्ये रेशम चौधरीसहित १५ जना सांसद छन् । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै ठाकुर पक्षका नेताहरूले नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् । ठाकुर पक्षले नयाँ दलको चुनाव चिह्नमा साइकल प्रस्ताव गरेको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार सबै विवरण समावेश गरी छुट्टै दल दर्ताका लागि निवेदन आवेदन गरिएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यसअघिको २४ सदस्यीय कार्यकारिणी समितिको संख्या बढाएर ३१ सदस्यीय बनाउने निर्णय गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश ल्याएको थियो । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.