www.tandavnews.com
Fact ~ In search of truth

निर्वाचन आयोगले एमालेको २ सय ३ सदस्यीय केन्द्रीय कमिटीलाई मान्यता दिने

निर्वाचन आयोगले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका केन्द्रीय सदस्यको विवरण अद्यावधिक गरेर पठाएको २ सय ६० सदस्य संख्यालाई तत्काल मान्यता नदिने भएको छ ।

कानुनअनुसार दल दर्ता गर्दाको पार्टीको विधान र त्यस बखत आयोगमा रेकर्ड भएका केन्द्रीय सदस्यको आधारमा अघि बढ्ने आयोगले तयारी गरेको छ ।
नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको अवस्थामा आयोगले एमालेको २ सय ३ सदस्यीय साबिककै केन्द्रीय कमिटीलाई मात्र मान्यता दिने भएको हो ।

निर्वाचन आयोगले माधव नेपाल पक्षलाई फरक पार्टी ‘नेकपा एकीकृत समाजवादी’ दर्ताका लागि सनाखत गर्न आगामी भदौ ९ गते बोलाएको छ । सनाखतका क्रममा नेपाल पक्षले अब २ सय ६० को २० प्रतिशत नभई २ सय ३ बाटै २० प्रतिशत पुर्याउँदा हुने भएको छ ।

Batas

गत मंगलबार भदौ १ गते एमाले पार्टीको निर्णयको आधिकारिक माइन्युटसहित एमालेले केन्द्रीय सदस्यहरूको नाम थपेर २ सय ३ को ठाउँमा २ सय ६० पारेर आयोगलाई विवरण दिएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.